आहा ! एनआरएनए डब्लु ए अस्ट्रेलियाको क्या प्रशंसनीय काम

आहा ! एनआरएनए डब्लु ए अस्ट्रेलियाको क्या प्रशंसनीय काम
www.europenepalikhabar.com २०८० फागुन २३ गते बुधबार, 6-03-2024


अस्ट्रेलिया । गतसालको जुलाई देखि एनआरएनए डब्लुएको नेतृत्व शेखर घिमिरेको टिमले लिएदेखि एकदमै प्रभावकारी र तीब्ररुपमा  कार्यक्रमहरु पर्थबासी नेपालीहरुको माझमा  पस्किरहेको छ ।

नेपालबाट भिजिट भिषामा पर्थमा पाल्नु भएका अभिभवकहरुको बिशाल उपस्थितिमा आयोजना गरिएको "अभिभावक बनभोज कार्यक्रम " होस् वा नेपाली नारीहरुको महान चाड "तीज"  वा "नेपाली विद्यार्थीहरुको लागि जानकारीमूलक कार्यक्रम" जस्ता प्रभावकारी गतिविधि संचालन गरेर शेखर घिमिरे नेतृत्वको एनआरएनए डब्लुए आम पर्थवासी नेपालीहरुको मन मष्तिस्कमा बस्न सफल भएको छ।

अनि भर्खरै नेपाली पासपोर्ट नविकरणको लागि घुम्ति शिबिर संचालन गरेर (२०-२८ फेब्रुअरी) पश्चिम अष्ट्रेलियावासी नेपालीहरुको मुटुमा बस्न सफल भएको छ। पश्चिम अस्ट्रेलियाका सबै क्षेत्रहरुबाट आएका करिब ६००-७००  को संख्यामा नेपालीहरुले पासपोर्ट नबिकरणको लागि आवेदन दिएको कुरा एनआरएनए डब्लुएका सचिव किशोर कुँवरले जानकारी दिनुभयो ।

एनआरएनए डब्लुएका पदाधिकारीहरु शेखर घिमिरे, महेश लामा, किशोर कुँवर, हरिबंश संजेल, मिम शुभ गुरुङ, मनिष सिग्देल, विरेन्द्र उदास, शिल्पा पोखरेल , बिमु लामा, दीपिका श्रेष्ठ लगायतको टिमले १२/१२ घणटा नै खटेर परराष्ट्र मंत्रालय काठमाण्डूबाट पाल्नु भएका अधिकृत महेश त्रिपाठीलाई सहयोग गरेर मात्रै यत्रो ठुलो संख्यामा आबेदन दिनेहरुको काम गर्न सकिएको एनआरएनए डब्लुएका पुर्ब कोर्डिनेटर कृष्णमान श्रेष्ठले बताउनु भयो । सुरुको दिनदेखि अन्तिम दिनसम्मै उचित सरसल्लाह दिदै टिमलाई नै अगाडि बढ्न सहयोग प्रदान गर्नु हुने एनआरएनए आइसीसी सल्लाहकार भैरव ढकाल, लगायत एकराज साम्पाङ, टेक मगर, दिनेश कार्की, कृष्णमान श्रेष्ठ , होमनाथ निरौला, माधव ढुंगाना लगायतको टिमले उक्त पासपोर्ट नविकरणको लागि आफ्नो अफिस नै प्रयोग गर्न दिने, 3E Global Education & Migration ले अफिस नै पुगेर एनआरएनए डब्लुएको टिमलाई धन्यवाद ब्यक्त गर्दै खुसी साटासाट गरेको थियो।

एकजना सेवाग्रहीको आँखामा राहदानी घुम्ती सेवा 

नमस्कार,

 मेरो नाम सुवास उप्रेती हाल बसोबास (HARRISDALE WA) ह्यारिस्डेल डब्लू ए । (NRNA WA)संस्थालाई धन्यवाद मेरो समस्याको समाधान गर्न मद्दत गर्दिनु भएकोमा। बिदेशमा राहदानी महत्त्वपूर्ण  हुने र झन म्याद सकिने मितिको पनि प्रमुख भुमिका रहदै गर्दा मेरो राहदानीको पनि मिति दिनप्रति दिन सकिदै जाँदा मानसिक तनाब भएको थियो । यता कार्य-ब्यस्तता उता राहदानीको म्याद अझ राजदुतावासमा धाँउदा हुने हदैसम्मको खर्च सम्झदाँ पनि मानसिक पिडा । यसै बिच ढुङ्गा खोज्दा देउता पाए झैं  एक परिचित ब्यक्ति जो ओएनएफ अष्ट्रेलिया (ONF Australia) संस्थाको उपसचिव हुनुहुन्छ होमनाथ निरौला, उहाँबाट एनआरएनए डब्लुएले  इ-राहदानी नवीकरण सम्बन्धि कार्यक्रम हुने बारेमा थाहा भयो र मलाई उहाँले एनआरएनएमा आबद्ध आदरणीय व्यक्तित्व शेखर घिमिरेसंग यस कार्यक्रमको बारेमा राम्रो जान्ने र फारम भर्ने प्रक्रियाहरु राम्रोसंग बुज्ने मौका पाएँ र प्रक्रियाहरु अगाडि बढाउँदै गर्दा अरु सहयोग पनि गर्नुभयो, उहाँलाई  धन्यवाद दिन चाहन्छु । सबै कागजपत्र भने बमोजिम तयार पारी बायोमेट्रीक र फोटो दिन पर्थ सिटी मै सजिलो स्थान जहाँ आफ्नै सवारी साधनमा पनि जान सकिने र सार्बजनिक सवारीसाधन प्रयोग गरेर पनि जान सकिने स्थान  जहाँ पुगेपछि सबै कार्यक्रम सहयोगीबाट पनि सकेको सहयोग प्राप्त  भयो मलाई र मेरो सबै कार्यसम्पादन निकै छोटो र  कम समयमा सफल भयो । मेरो समय र खर्च दुबै बचाइदिनु हुने सबै कार्यक्रम सहयोगी देखि मिम सुब्बा गुरुङ, दिदी, 3E Global Education & Migration का किशोर कुवँर, शेखर घिमिरे र होमनाथ निरौला लगायत सम्पूर्ण एनआरएनए डब्लुएका सदस्यहरुमा फेरि पनि धन्यवाद व्यक्त गर्दछु र आगामी दिनहरु पनि पनि यस्तै सहयोगी कार्यक्रम आयोजना हुनेछ र सहभागी जनाउन पाउने आशा राख्दछु ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित