एनआरएनए १२ औं केन्द्रीय महाधिवेशन तथा विश्व सम्मेलन आगामी अक्टोबर ११ देखि १४ सम्म हुने

एनआरएनए १२ औं केन्द्रीय महाधिवेशन तथा विश्व सम्मेलन आगामी अक्टोबर ११ देखि १४ सम्म हुने
www.europenepalikhabar.com २०८१ माघ ७ गते सोमबार, 20-01-2025


पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं केन्द्रीय महाधिवेशन तथा विश्व सम्मेलन आगामी अक्टोबर ११ देखि १४ तारिखसम्म काठमाण्डौमा आयोजना हुने भएको छ।

गैरआवासीय नेपाली संघको आइतवार बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । सो सम्मेलनको तयारीका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गर्ने प्रचलन भएबमोजिम सोही अनुसार प्रस्ताव पारित गरिएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा बसेको बैठकले संघका राष्ट्रिय समितिमा सदस्यता वितरणलाई तीव्रता दिने निर्णय गर्दै सदस्यता वितरणसम्बन्धी नियमावलीमा परिवर्तन गरेको छ।

नयाँ नियमावलीअनुसार १ हजार सदस्य भएका राष्ट्रिय समितिमा ३ जना, ५ हजारभन्दा बढी सदस्य भएका देशहरूको लागि ५ जनाले सदस्यता प्रमाणीकरण गर्न सक्ने व्यवस्था गरिएको छ। यस्तै, राष्ट्रिय समितिको सदस्यता प्रमाणीकरणको लागि व्यक्तिको नाम सिफारिश गर्दा महासचिव र अध्यक्षको हस्ताक्षर अनिवार्य हुनु पर्ने व्यवस्था गरिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित