एनआरएनए अध्यक्ष डा. केसीद्वारा नेपालका लागि पोर्चुगिस राजदूतलाई पोर्चुगलका नेपालीको समस्या समाधानका लागि ध्यानाकर्षण

एनआरएनए अध्यक्ष डा. केसीद्वारा नेपालका लागि पोर्चुगिस राजदूतलाई  पोर्चुगलका नेपालीको समस्या समाधानका लागि ध्यानाकर्षण
www.europenepalikhabar.com २०८० चैत १ गते बिहीबार, 14-03-2024


युरोपनेपाली खबर, पोर्चुगल ।

लिस्बन, १४ मार्च । भारतका लागि आवासीय र नेपालका लागि गैरआवासीय पोर्चुगिस राजदूत João Ribeiro de Almeida संग गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसी, महिला उपाध्यक्ष रोजिना प्रधान राई, काठमाडौका लागि पोर्चुगलका अवैतनिक बाणिज्यदूत  राजेन्द्र खेतान र एनआरएनए केन्द्रीय सचिवालयका कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतबीच भेटवार्ता सम्पन्न भएको छ ।



बिहीबार काठमाडौमा भएको शिष्टचार भेटघाट तथा छलफलमा पोर्चुगिस राजदूतसंग नेपालमा पोर्चुगल दूतावासको स्थापना, भिषा सहजीकरण सेवा(VFS) सुचारु गर्न र पोर्चुगलको भारतस्थित दूतावासमा नेपाली कागजातको प्रमाणीकरण र सहजीकरणको बारेमा ध्यानाकर्षण पत्र बुझाइ आवश्यक पहलकदमीका बारेमा गहन कुराकानी भएको अध्यक्ष डा. बद्री केसीले जानकारी दिए ।

भेटमा नेपालको परराष्ट्र मन्त्रालय र नेपालको दिल्ली दूतावासले प्रमाणीकरण गरेको मुख्यगरी जन्मदर्ताको प्रमाणपत्र लगायत अन्य कागजातहरुलाई सहज रूपमा समयमा नै पोर्चुगल दूतावासले प्रमाणित गरी दिओस् भन्ने विषयमा विशेष जोड दिइएको थियो ।

यसैगरी पारिवारिक पुनर्मिलन सम्बन्धी  एपोइन्टमेन्ट लिन दूतावास र पोर्चुगलमा पनि अत्यन्तै असहज स्थितिलाई सहज बनाइ दिनुपर्ने र पोर्चुगलको अध्यागमन कार्यालय (AIMA) ले दिने डकुमेन्टमा नै एपोइन्टमेण्ट  तोकेर पठादिंदा  उपयुक्त हुने बारेमा अध्यक्ष केसीले सुझाव  दिएका थिए । पारिवारिक पुनर्मिलनको डकुमेन्ट प्रमाणीकरण गर्न विभिन्न स्थान पुग्नुपर्ने कुराले धेरै झन्झट र खर्चिलो भएकोले एकै स्थानबाट गर्ने व्यवस्था हुँदा उपयुक्त हुने  र भिषा लागेको डकुमेन्टहरु लिन अहिले इन्डिया जानुपर्ने अवस्था छ त्यसलाइ काठमाडौबाट नै उपलब्ध गराउने व्यवस्था मिलाइदिन एनआरएनए प्रतिनिधि मण्डलले पोर्चुगिस राजदूतसंग आग्रह गरेको थियो ।

ध्यानाकर्षण र कागजातमा सहजीकरण गराउन पहलका लागि एनआरएनए पोर्चुगलका केन्द्रीय सदस्य(आइसिसी) सदस्य राजकुमार थापा, बिनु बस्नेत, अध्यक्ष उमेश खड्का लगायत सिङ्गो कार्यसमितिको तर्फबाट विशेष आग्रह र सुझाव दिइएको थियो ।

पोर्चुगलमा ५० हजारभन्दा बढी नेपाली

पोर्चुगलमा झण्डै ५० हजारभन्दा बढी  नेपाली बसोबास गर्दै पोर्चुगलको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

५० लाख पोर्चुगिज (गैरआवासीय पोर्चुगिस) विदेशमा बसोबास गरिरहेका छन् । पोर्चुगलका २३० संसद सदस्यमध्ये ४ जना डायस्पोराबाट निर्वाचित हुने गरेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित