कुवेतमा अवैधानिक रुपमा रहेका नेपालीलाई नेपाल फर्काउन एनआरएनएको पहल सुरु

कुवेतमा अवैधानिक रुपमा रहेका नेपालीलाई  नेपाल फर्काउन एनआरएनएको पहल सुरु
www.europenepalikhabar.com २०८० चैत २१ गते बुधबार, 3-04-2024


कुवेतमा अवैधानिक रुपमा रहेका नेपालीलाई  नेपाल फर्काउन गैरआवासीय नेपाली संघले पहल सुरु गरेको छ । नेपालका लागि अन्तर्राष्ट्रिय आप्रवासन संगठन  (आइओएम) प्रमुख हेलेन फोर्ससँग भेटेर संघका अध्यक्ष डा बद्री केसीले पैसाको अभावमा नेपाल फर्कन नपाएका नेपालीको उद्धारका लागि सहयोग र सहकार्य गर्न आग्रह गर्नुभएको हो । मिति २०८० चैत्र २० गते संघको सचिवालयमा आमन्त्रण गरी आइओएम प्रमुख फोर्सलाई संघको तर्फबाट सो आग्रह गर्नुभएको हो । अध्यक्ष डा केसीले भन्नुभयो, ‘ कुवेतमा रहेका कामदारहरु जसले एम्नेस्टी प्राप्त गरेता पनि टिकेट काट्ने पैसा नहुनेलाई कसरी नेपाल ल्याउन सकिन्छ तर त्यसमा यहाँहरुको सहयोग महत्वपूर्ण हुनसक्छ ।’

हाल कुवेतमा रहेका नेपाली श्रमिकहरु जसले कुवेत सरकारको रेसिडेन्ट कानुन उल्लङघन गरेका थिए, उनीहरुका लागि १७ मार्च २०२४ देखि १७ जुन २०२४ सम्मको अवधिमा कुनै जरिवाना नतिरिकन आवश्यक प्रक्रिया पुर्याएर आफ्नो देश फर्कन सक्ने प्रावधान रहेको डा केसीले बताउनुभयो । यस सम्बन्धमा सरकारसँग पनि अनुरोध गरिएको उहाँले बताउनुभयो । हाल   कुवेतस्थित नेपाली दुतावासमा गएर आवश्यक ट्राभल डकुमेण्ट समेत तयार  गरेपनि दुई सय  भन्दा बढी नेपाली श्रमिकहरु घर फिर्तिका लागि हवाई टिकट तिर्न नसक्ने अवस्थामा रहेका छन् । मुस्लिमहरुको महान् चाड रमदान को अबसर पारेर चार बर्षपछि कुवेत सरकारले कुवेतमा कार्यरत अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कन अनुमति दिएको हो । 

जवाफमा ओइओएम प्रमुख फोर्सले आफूहरुले पनि आप्रवासी कामदारका लागि काम गर्दै आएको स्मरण गराउँदै संघको तर्फबाट गरिएको आग्रहलाई सकारात्मक रुपमा लिएको र छिटै योजना बनाएर अघि बढ्न सक्ने बताउनुभयो । 

उक्त छलफलमा संघले गर्दै आएका मुख्य गतिविधिहरुका बारेमा पनि छलफल भएको थियो । साही क्रममा अध्यक्ष डा केसीले संघले आगामी २९ र ३० जुन २०२४ मा हुने पहिलो गैरआवासीय नेपाली महिला सम्मेलनमा संघ तथा  आइओएमले सहकार्य गरी अघि बढ्न प्रस्ताव गर्नुभयो ।  ओइओएम प्रमुख फोर्सले डा केसीको प्रस्तावमा आफु रहेको सकारात्मक बताउनुभयो । भेटमा संघका सिइओ राजेन्द्र कुमार राउत, कुणाल मिश्र, आइओएम नेपालका प्रज्वल शर्माको उपस्थिति थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित