वैदेशिक शाखाका सदस्यहरुलाई पनि निर्वाचनमा समेट्न युरोप शाखाको माग

वैदेशिक शाखाका सदस्यहरुलाई पनि निर्वाचनमा समेट्न युरोप शाखाको माग
www.europenepalikhabar.com २०८१ असार १५ गते शनिबार, 29-06-2024


पोर्चुगल । नेपाल पत्रकार महासंघको आगामी निर्वाचन प्रक्रियामा वैदेशिक शाखाका सदस्यहरुलाई सहभागी नगराइ मतदाता नामावली प्रकाशित गरिएपछि युरोप शाखाले आपत्ति जनाएको छ ।

शाखाका अध्यक्ष केजिन राईले एक वक्तव्य प्रकाशित गर्दै  वैदेशिक शाखाका सदस्यहरुलाई निर्वाचनमा समेट्न माग गरेका छन् ।

हेर्नुहोस् वक्तव्य जस्ताको तस्तै :

वैदेशिक शाखाका सदस्यहरुलाई समेटन माग 

प्रेस विज्ञप्ति 

मिति : २०८१ असार १५ 

नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ निर्वाचनको प्रक्रियामा छ । असार १४ गते प्रकाशित अन्तिम नामावलीमा वैदेशिक शाखाहरुलाई निर्वाचन प्रक्रियामा सामेल नगर्ने गरि प्रकाशित सूचनाको हामी प्रवास शाखाहरु आपत्ति प्रकट गर्दछौं ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा, श्रमजीवी पत्रकारहरुको पेशागत हक, श्रम अधिकारको संरक्षण, सूचनाको हक रक्षा र व्यावसायिक पत्रकारिताको सम्र्बद्धनमा गौरवमय इतिहास बनाएको पत्रकार महासंघ जस्तो संगठनमा डायस्पोराका पत्रकारहरुलाई समेटनु पर्ने समयमा वैदेशिक शाखाहरुलाई वेवास्था गर्नुलाई हामीले गम्भीर रूपमा लिएका छौं । 

श्रमजीवी पत्रकारहरुको साझा संगठनलाई कानूनी तथा वैधानिक छलफल गरि वैदेशिक शाखाहरुलाई तत्काल समेटन महासंघ केन्द्र ,निर्बाचन समिति , प्रेस युनियन , प्रेस चौतारी ,प्रेस सेन्टर ,फोनिज ,समाजबादी प्रेस संगठनलगायत सम्बद्ध सबैलाई अपिल समेत गर्दछौं । 

केजिन राई  

अध्यक्ष 

नेपाल पत्रकार महासंघ युरोप शाखा

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित