पोर्चुगलको प्रमुख प्रतिपक्षी दल सोसलिस्ट पार्टीका सांसदहरु संग नेपाली सहितको प्रतिनिधि मण्डलद्वारा भेटवार्ता

पोर्चुगलको प्रमुख प्रतिपक्षी दल सोसलिस्ट पार्टीका सांसदहरु संग नेपाली सहितको प्रतिनिधि मण्डलद्वारा भेटवार्ता
www.europenepalikhabar.com २०८१ भाद्र २५ गते मंगलबार, 10-09-2024


युरोपनेपाली खबर, लिस्बन । गत मार्चसम्म सत्तारुढ भएर लगातार ९ बर्ष शासन गरेको र अहिले प्रमुख प्रतिपक्षी पोर्चुगलको सबैभन्दा ठूलो दल सोसलिस्ट पार्टी Partido Socialista का संसदीय समुहका ४ जना सांसदहरु संग नेपाली सहितको प्रतिनिधि मण्डलले सोमबार पोर्चुगलको संसद भवनमा भेटवार्ता गरेका छन् । 

एनआरएनए आइसीसी सदस्य राजकुमार थापा सहितको प्रतिनिधि मण्डलको संयोजन Solidariedade Imigrante  का अध्यक्ष Timóteo Macedo  ले गरेका थिए ।  नेपाल, ब्राजिल, वंगलादेश लगायत छ देशका आप्रवासी संस्थाका प्रतिनिधिहरु सहितको टोलीले झन्डै तीन घण्टा सांसदहरु संग छलफल गरेको थियो ।

नेपाली समुदायको प्रतिनिधित्व गर्दै संसद भवन पुगेका एनआरएनए आइसीसी सदस्य राजकुमार थापाले पोर्चुगलको नेपाली समुदायको हकहित, चासो र समस्याका बारेमा अवगत गराउँदै समाधानको लागि पहल गरिदिन आग्रह गरेको र सोसलिस्ट पार्टीका सांसदहरुबाट सकारात्मक प्रतिक्रिया पाएको थापाले बताए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित