अन्तर्राष्ट्रिय बाग्लुङ समाजद्वारा बागलुङको विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पाेशाक वितरण

अन्तर्राष्ट्रिय बाग्लुङ समाजद्वारा बागलुङको विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पाेशाक वितरण
२०८१ मंसीर १३ गते बिहीबार, 28-11-2024


अन्तर्राष्ट्रिय बाग्लुङ समाजले लक्ष्मीनारायण आधारभूत विद्यालय बागलुङ नपा-१२, अमलाचाैर सरङगीमा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पाेशाक वितरण गरेको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि समाजका उपाध्यक्ष तथा एनआरएनए आइसीसीका सचिव भिम के.सी. (कमल) ले शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेका हुन् ।

सो अवसरमा करिब १ लाख ५० हजार मूल्य बराबरका शैक्षिक सामाग्री तथा पाेशाक गत मंसीर ६ गते वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि समाजका उपाध्यक्ष तथा एनआरएनए आइसीसीका सचिव भिम के.सी. (कमल), विशिष्ट अथितिमा बानपा -१२ का वडा अध्यक्ष कोपिलामणि शर्माको उपस्थिति रहेको कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका शिक्षक बुद्दिप्रसाद शर्मा चापागाँइले दिएका थिए । त्यस्तै अभिभावक तथा विद्यालयका सल्लाहकार समिति सदस्य रामकृष्ण पौडेलले शुमकामना मन्तब्य ब्यक्त गर्दै विद्यालयका सुधार गर्नुपर्ने ब्यबस्थापकीय पक्षको बारेमा जानकारी दिएका थिए  ।त्यस्तै संघ-संस्थाहरुको तर्फबाट कमलकुमार जिसीले आफ्ना भनाइहरु राखेका थिए ।  विद्यालयका प्रअ हेमराज शर्माले कार्यक्रमका सहयोगी हातहरुलाइ धन्यवाद ज्ञापन गर्दै यस्ता सहयोगहरुले विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाइ अझ जिम्मेवार गराउने भन्दै उपस्थित सम्पूर्ण जनसमुदाहरुला धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सन्चालन विद्यालयका सहायक प्रअ सूर्य ठकुरीले गरेका थिए भने  समापन विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिवाकर पौडेलले आफ्ना भनाइहरु राख्दै यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको सिकाइमा थप उर्जा मिल्नेछ भन्ने भनाइ राख्दै कार्यक्रमको समापन गरेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित