पोर्चुगलका नौ वटा संघ-संस्थाले पासपोर्ट वितरण गरियोस् भन्ने माग गर्दै पठाए परराष्ट्र मन्त्रीलाई ज्ञापनपत्र

पोर्चुगलका नौ वटा संघ-संस्थाले  पासपोर्ट वितरण गरियोस् भन्ने माग गर्दै पठाए परराष्ट्र मन्त्रीलाई ज्ञापनपत्र
www.europenepalikhabar.com २०८१ मंसीर १२ गते बुधबार, 27-11-2024


              ज्ञापन-पत्र

मितिः २६ नोभेम्बर, २०२४

माननीय परराष्ट्र मन्त्रीज्यू नेपाल सरकार, परराष्ट्र मन्त्रालय, सिंहदरवार काठमाण्डौ

बोधार्थ:

१) सम्माननीय प्रधानमन्त्रीज्यू नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय, सिंहदरवार, काठमाण्डौ ।

२) महामहिम राजदूतज्यू नेपाली राजदूतावास, पेरिस, फ्रान्स ।

विषयः राहदानी वितरण शिविर सन्चालन गराईदिनु हुन बारे ।

प्रस्तुत विषयमा गत अगष्ट महिनामा लिस्वनमा सम्पन्न भएको नेपाली राहदानी वायोमेट्रीक संकलन शिविर पछि नेपाल राहदानी विभाग, काठमाण्डौ वाट तयार भएर आई नेपाली राजदूतावास, पेरिसमा रहेको व्यहोरा जानकारी गराउदै ती राहदानीहरु सहज र सरल तरिकाले लिस्वन, पोर्तुगल वाट वितरण गराईदिनु हुन परराट्र मन्त्रालय मार्फत नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दछौं ।

नेपाल सरकारको प्रत्यक्ष सेवा प्रवाह वाट वन्चित रहदै आएको पोर्तुगल अवस्थित नेपाली नागरिकले अत्यन्त कष्टकर, नेपाल सरकारको अभिभावकत्व विहीन अवस्था तथा आर्थिक, भौतिक संकटको सामना गरिरहनु परेको छ। यसले गर्दा यहां रहेका नेपाली नागरिकले आफ्नो कागजात प्रक्रियामा अन्यौल तथा असहजताको सामना गर्नु परेको छ। यस सम्वन्धमा नेपाली दूतावास पेरिस वाट प्रमाणीकरण तथा संकलन गर्ने जुन प्रक्रिया वनाएको छ त्यसले यहाँ रहेका सेवाग्राही नेपाली नागरिकलाई सेवा दिनुको साटो तनावको स्थिति उत्पन्न गरिदिएको छ र विभिन्न वहानामा दलालहरुको फन्दामा पर्न पुगेको छ । नेपाली राजदूतावास पेरिसको क्षेत्राधिकार भित्र रहेको पोर्तुगलका सम्वन्धमा स्वयं प्रतिनिधि पठाई वितरण सेवा दिनुको बदला थप जटिल वनाई अकर्मण्यता भएको आभास नेपाली समुदाय पोर्चुगलले गरेकोले सहजीकरण का लागि अनुरोध गर्दछौं ।

यस सन्दर्भमा पोर्तुगलमा रहेको नेपाली समुदायको सेवाको लागि तत्काल ती राहदानीहरु पोर्तुगलमा नेपाल सरकारको प्रतिनिधि उपस्थित गराई वितरणको प्रवन्ध मिलाई दिनुहुन हार्दिक अनुरोध गर्दछौ । त्यसको लागि यहाँ रहेका वैचारिक तथा सामाजिक संघ संस्थाहरुले सकारात्मक भूमिका खेल्दै आएको र आगामि दिनमा पनि भूमिका खेल्नेछ भन्ने पूर्ण विश्वास दिलाउन चाहन्छौं ।

साथै ०४ नोभेम्वर २०२४ मा आदिवासी जनजाति महासंघ, पोर्चुगलको संयोजनमा वसेको बैठकले प्रवासी नेपाली मंचका अध्यक्ष श्री दीपक खत्री ज्यूको संयोजकत्वमा समन्वय तथा परामर्श समिती गठन गरि पोर्चुगलमा राहदानी वितरणमा सहजीकरणको भूमिका नेपाली आदिवासी जनजाति महासंघ, पोर्चुगल वाट हुने निर्णय भएको पनि जानकारी गराउदछौं ।

धन्यवाद !

१) दीपक खत्री, संयोजक (समन्वय तथा परामर्श) तथा अध्यक्ष, प्रवासी नेपाली मंच, पोर्तुगल 

२) यामेन्द्र घर्ती मगर कांग्रेस (प्रतिनिधि) (जनसम्पर्क समिति, पोर्तुगल)

३) सीता ढकाल सुवेदी - अध्यक्ष (नेपाली जप्रगतिशील मंच, पोर्तुगल)

४) पूर्णबहादुर विश्वकर्मा - अध्यक्ष (नेपाली जनप्रगतिशील मोचा, पोर्तुगल)

५) टेकबहादुर थापा प्रतिनिधि (नेपाली समाज, पोर्तुगल)

६) निराजन सुवेदी - अध्यक्ष (प्रवासी नेपाली एकता मंच, पोर्तुगल)

७) चोपकुमार राना - अध्यक्ष (नेपाल आदिवासी जनजाति महासंघ, पोर्तुगल)

८) उमेश खड्‌का - अध्यक्ष (गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, पोर्तुगल) 

९) शान्ति अर्याल अधिकारी अध्यक्ष (नेप्लिज वुमन एसोसिएसन अफ पोर्तुगल NWAP)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित