पत्रकार महासंघको केन्द्रीय समितिका लागि ४ असोज(२० सेप्टेम्बर) मा उम्मेदवारी दर्ता, हेर्नुहोस् कार्यतालिका

पत्रकार महासंघको केन्द्रीय समितिका लागि ४ असोज(२० सेप्टेम्बर) मा उम्मेदवारी दर्ता, हेर्नुहोस् कार्यतालिका
www.europenepalikhabar.com २०८१ भाद्र २९ गते शनिबार, 14-09-2024


पोर्चुगल । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको चुनावका लागि ४ असोजमा उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ । महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको नयाँ कार्यसमिति चयनका लागि १२ असोजमा मतदान हुने भएको छ ।

मतदान बिहान ९ देखि अपरान्ह ४ बजेसम्म हुनेछ । केन्द्रीय समितिका लागि ४ असोजमा, प्रदेश समितिका लागि ८ असोजमा र जिल्ला समितिका लागि १० असोजमा मनोनयन दर्ता हुने शनिबार निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

कार्यतालिका अनुसार शनिबार मतदाता नामावली सार्वजनिक हुनेछ ।

पत्रकार महासंघमा गत वर्षदेखि नेतृत्व चयनका लागि प्रत्येक साधारण सदस्यले मतदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित