निवासमा प्रदर्शनकारी प्रवेश गरेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छोडेर भागिन्

निवासमा प्रदर्शनकारी प्रवेश गरेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छोडेर भागिन्
www.europenepalikhabar.com २०८१ साउन २१ गते सोमबार, 5-08-2024


बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतका लागि उडेकी छन् । बंगलादेशमा चर्किएको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेसँगै पदबाट राजीनामा दिएर उनी भारत लागि उडेकी हुन् ।

बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना सवार जहाज ढाकाबाट सिधै भारतको राजधानी नयाँदिल्लीतर्फ गएको छ ।

ढाकाबाट भागेकी उनी भारतको त्रिपुरा राज्यमा अवतरण गरेको चर्चा थियो । तर हसिना सवार जहाज अहिले भारतीय राज्य बिहारबाट पनि पश्चिमतर्फ लागेर उत्तर प्रदेशको आकाशमा पुगिसकेको छ ।

यो जहाज भारतीय राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको त्यहाँस्थित सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सुरक्षा एजेन्सीका अनुसार बंगलादेशबाट उडेको जहाज अहिले उत्तर प्रदेशको राजधानी लखनऊको आकाशमाथि पुगिसकेको छ ।

एजएएक्स१४३१ कलसाइन भएको बंगलादेशी सेनाको सी-१३० जहाजलाई भारतीय सुरक्षा एजेन्सीले कडा निगरानीमा राखेका छन् ।

समाचार अनुसार बंगलादेशकी निवर्तमा प्रधानमन्त्री शेख हसिना, उनकी बहिनी र परिवारका सदस्य जहाजमा सवार छन् ।

यो जहाज सी-१३० दिल्लीको रनवेमा साढे ५ बजेसम्म अवतरण गर्ने बताइएको छ । बंगलादेश वायुसेनाको विमानबाटै उनले देश छाडेकी हुन् । भारतीय शीर्ष सुरक्षा अधिकारी अवस्थाबारे कडा नजर राखिरहेका छन् ।

शेख हसिना उडेको हेलिकप्टरमा उनकी बहिनी शेख रेहना पनि साथमा रहेकी बीबीसीले जनाएको छ । 

बीबीसीका अनुसार प्रधानमन्त्रीको आवासमा प्रदर्शनकारीको समूह प्रवेश गरेको छ । बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए । 

उनीहरु सरकारी सेवामा कोटा प्रणाली खारेज गर्नुपर्ने माग गर्दै आएका छन् । आन्दोलनका क्रममा अहिलेसम्म झण्डै ३ सय जनाको मृत्यु भइसकेको छ ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन्, प्रदर्शनकारी पसे सरकारी निवासमा

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित