बेल्जियममा ३० औं विश्व आदिवासी दिवस सम्पन्न

बेल्जियममा ३० औं विश्व आदिवासी दिवस सम्पन्न
www.europenepalikhabar.com २०८१ साउन २७ गते आइतबार, 11-08-2024


सुबास चाम्लिंग, काजाब्लांका क्यासेल्लो ।

बिश्व आदिबासी दिबस बेल्जियमको लुभेन शहरमा अन्तरकृया गरेर सम्पन्न भएको छ ।

३० औ बिश्व आदिबासी दिबस अन्तरकृया कार्यक्रममा प्रमुख अतिथी नेपाली दुताबास ब्रसेल्सका उप नियोग प्रमुख रमेश गैरे रहनु भएका थिए ।

प्रमुख अतिथी गैरेले कार्यक्रमको पामसमा बत्ति बालेर उदघाटन गर्दे संयुक्त राष्ट्र संघले बिश्वभर नै आदिबासीहरूको कला -सस्कृति ,भाषा-धर्मको संरक्षण गर्दै  जान निर्देश गरेकाले सबैले पालना गर्दे रहेको बताऊनु भयो ।

 गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सिता सापकोटाले बिशिष्ठ अतिथीको रूपमा बोल्दै ३० बर्ष अघि जेनेभा कन्भेन्सनले प्रदत्त गरेको आदिबासी हक हित र अधिकार प्राप्तिका लागि  नेपालको सन्दर्भमा सरकारलाई सजग बनाई रहवु पर्ने बताऊनु भयो ।

नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमको आयोजनामा भएको ३० सौ अन्तराष्ट्रीय आदिबासी दिवस महासंघका अध्यक्ष बिरमान मगरको सभापतित्वमा सम्पन्न भएको थियो । भने सन्चालन रबिन राई र स्वागत सूर्य श्रेष्ठले गरेका थिए ।

अध्यक्ष मगरले आदिवासीबारे संयुक्त राष्ट्र महासंघको अभिसन्न्धी आईएलओ १६९  र संयुकित राष्ट्र संघको आदिबासी घेऱ्षणापत्र २००७ को अक्षरस पालना गर्न सरकारलाई माग गर्नु भयो ।

कार्यक्रम सहआयोजक मातृसॅस्थाहरू बिश्व मगर संघ बेल्जियम , तमु समाज बेल्जियम ,पाशापुच बेल्जियम , तामांग समाज बेल्जियम , शेर्पा किदुक बेल्जियम , किरात राई सोसाईटी बेल्जियम ,किरात याक्थुम चुम्लुंग बेल्जियम र थकाली सेवा समिति रहेका थिए ।

कार्यक्रममा जातिय मातृसंस्थाहरूको तर्फबाट अध्यक्षहरू होम गुरूंग , लोक राना ,बदन योंगहांग , अनिता लामा , सूर्य नारायण श्रेष्ठले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा संघिय समाज बेल्जियम नेत्र मगर, नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई , जन सम्पर्क समितिका गुरूंग , जन प्रगतिशिल मन्चका महासचिब कल्पना मगर , प्रवासी नेपाली मन्चका सूर्य श्रेष्ठ , मगरर संघकानपूर्ब अध्यक्ष मार्के मगर ,तमु समाजका पूर्ब अध्यक्षहरू ओमराज गुरूंग , संगिता तमुस्यो ,किराचु महासचिब कला इधिंगो ,तमु समाज निबर्तमान महासचिब सूर्य बहादुर गुर्रूंग लगायतले मन्तब्य दिनु भएको थियो ।

कार्यक्रमका प्रायोजकहरू नेत्र मगर , याम छन्त्याल ,कल्पना मगर , लोक राना , बाल कुमार सुब्बा लगायतलाई महासंघले धन्यबाद दिएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित