प्रवासी नेपाली मंच पोर्चुगलद्वारा स्व.लक्ष्मीप्रसाद भट्टराईको परिवारलाई सहयोग रकम हस्तान्तरण

प्रवासी नेपाली मंच पोर्चुगलद्वारा स्व.लक्ष्मीप्रसाद भट्टराईको परिवारलाई सहयोग रकम हस्तान्तरण
www.europenepalikhabar.com २०८१ साउन २७ गते आइतबार, 11-08-2024


युरोपनेपाली खबर, ११ अगस्ट, लिस्बन । प्रवासी नेपाली मंच पोर्चुगलले मंचका पूर्व सचिवालय सदस्य लक्ष्मीप्रसाद भट्टराईको असामयिक निधन भएको तेर्‍हौ पुण्य तिथिमा उहाँकी धर्मपत्नी र छोरालाई मंचले ३,५५८ युरो बराबरको सहयोग रकम हस्तान्तरण गरेको छ । उक्त रकमबाट अन्तिम दाहसंस्कार खर्च १,५५८ कटाएर नगद १,९८० युरो( लगभग २ लाख ८५ हजार रुपैया) हस्तान्तरण गरिएको हो ।

उक्त रकम मध्ये २ हजार युरो प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रिय कमिटी श्रमिक राहत कोषवाट शव व्यवस्थापनका लागि  उपलव्ध गराइएको थियो भने प्रवासी नेपाली मंच पोर्चुगलको पहलमा १,५३८ युरो संकलन भएको थियो । स्वर्गीय भट्टराईप्रति श्रद्धाञ्जली अर्पण गर्दै मंचका अन्तर्राष्ट्रिय अध्यक्ष सन्जय थापाले सन्देश पठाउनु भएको थियो ।

वि. सं.२०२९ साल असार ३ गते शुक्रबार तेह्रथुम जिल्ला फेदाप गाउँपालिका वडा नं. १ मा जन्मघर भइ हाल युरोपेली मुलुक पोर्चुगल कर्मथलो बनाउँदै आउनु भएका प्रवासी नेपाली मंच पोर्चुगलका पूर्व सचिवालय सदस्य (पोल्यान्डका पूर्व अध्यक्ष) कमरेड लक्ष्मीप्रसाद भट्टराईको ३० जुलाई २०२४ मंगलबार (२०८१ श्रावण १५ गते) का दिन पोर्चुगलमा असामयिक निधन भएको तेर्‍हौ पुण्य तिथिमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना सहित उक्त रकम हस्तान्तरण गरेको हो ।

तेर्‍हौ पुण्य तिथिमा स्वर्गीय भट्टराईप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त रकम हस्तान्तरण गर्न मंचका अध्यक्ष दीपक खत्री, एनआरएनए आइसीसी सदस्य राजकुमार थापा, एनआरएनए पोर्चुगल उपाध्यक्ष माया खरेल, मंचका उपाध्यक्ष सुमन शर्मा चौलागाईं, उपसचिव प्रकाश तामाङ, आर्थिक विभाग प्रमुख नवीन कुमार थापा, मंचका सदस्यहरु हेमराज सुवेदी, मन्जु अधिकारी, सन्तोष सुवेदी, यम पुर्लाकोटी( युएई पूर्व उपाध्यक्ष) लगायत उहाँको निवास पुग्नु भएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित