पोर्चुगलको लिस्वनमा राहदानी घुम्ति सेवा सम्पन्न, ३ हजार ८ सय २९ जना सेवाग्राही लाभान्वित

पोर्चुगलको लिस्वनमा राहदानी घुम्ति सेवा सम्पन्न,  ३ हजार ८ सय २९ जना सेवाग्राही  लाभान्वित
www.europenepalikhabar.com २०८१ साउन २९ गते मंगलबार, 13-08-2024


युरोपनेपाली खबर, लिस्बन । नेपाल सरकार, परराष्ट्र मन्त्रालय, राहदानी विभाग, काठमाण्डौं र नेपाली राजदूतावास, पेरिसद्वारा पोर्चुगलको राजधानी लिस्वनमा यहि ०२ अगष्ट २०२४ देखि १३ अगष्ट २०२४ सम्म राहदानी नवीकरण घुम्ति सेवा सम्पन्न भएको छ। घुम्ति सेवाबाट ३८२९ जना नेपालीहरुले आफ्नो राहदानी नवीकरणको सेवा लिनु भएको छ। जसमा १२१ जना नावालक, ३३८० नवीकरण र हराएका ३२८ जना रहेका छन्। राहदानी सेवा सञ्चालनबाट ४,९१,५८० यूरो अर्थात ७ करोड २० लाख ११ हजार ५५४ नेपाली रुपैया वरावरको राजश्व संकलन भएको छ। 

घुम्ति सेवामा राहदानी विभागका निर्देशक र शाखा अधिकृत तथा नेपाली राजदूतावास पेरिसबाट तृतीय सचिव र स्थानीय कर्मचारी सहभागी हुनु भएको थियो। 

घुम्ति सेवाको व्यवस्थापन गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति पोर्चुगलले गरेको थियो भने पोर्चुगलस्थित नेपाली अवैत्तनिक महावाणिज्यदूतावास, पोर्चुगलमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुले आआफ्नो स्थानबाट विभिन्न भूमिकामा सहयोग गर्नु भएको थियो। 

राहदानी शिविरमा आएर सेवा लिने सम्पूर्ण सेवाग्राही नेपाली दाजुभाई तथा दिदी बहिनीहरु, पोर्चुगलस्थित नेपाली अवैत्तनिक महावाणिज्यदूतावास, राहदानी शिविर व्यवस्थापनमा सहयोग पुर्याउनुहुने गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्  पोर्चुगलका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरु, सदस्यहरु तथा स्वयंसेवकहरु र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने पोर्चुगलस्थित सम्पूर्ण नेपाली संघसंस्था एवं सामाजिक अगुवाहरूमा राहदानी विभाग, काठमाण्डौं र नेपाली राजदूतावास, पेरिसको तर्फबाट धन्यवाद ज्ञापन गर्दछौ। 

पोर्चुगलमा हाल ५० हजार भन्दा वढी नेपालीहरु बसोबास गरिरहनु भएको छ। तत्कालमा समस्याको रुपमा देखिएको कागजात प्रमाणिकरण सम्बन्धी समस्या समाधान गर्न नेपाली राजदूतावास, पेरिस गम्भिर छ र यस्ता समस्या समाधान गर्न राजदूतावास प्रयत्नशील रहेको व्यहोरा समेत जानकारी गराईन्छ ।

यस शिविरमा आई आवेदन गरी तथा हाल सम्म विभिन्न शिविर तथा प्रत्यक्ष रुपमा पेरिसमै आई आवेदन गरी तयार भएका तर वुझिलिन बाकी रहेका राहदानीहरु वितरण गर्ने तथा नवीकरणको लागि छुट भएका नेपालीहरुको राहदानी नवीकरण गर्नेगरी छिटै नै राहदानी विभागसँग समन्वय गरी अर्को शिविर सञ्चालन गर्न दूतावासले प्रयत्न गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौ। 

नेपाली राजदूतावास, पेरिस

२०८१।०४।२९

(13 अगष्ट 2024)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित