अदालतबाट समेत मान्यता पाएपछि निर्वाचित एनआरएनए केन्द्रीय समितिको बैठक शनिवार बस्दै

अदालतबाट समेत मान्यता पाएपछि निर्वाचित एनआरएनए केन्द्रीय समितिको बैठक शनिवार बस्दै
www.europenepalikhabar.com २०८१ साउन ३१ गते बिहीबार, 15-08-2024


पोर्चुगल । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को बैठक आगामी शनिवार बस्ने भएको छ। संघका महासचिव गौरीराज जोशीका अनुसार, शनिवार (१७ अगष्ट) नेपाली समय साँझ ५ बजे भर्चुअल माध्यमबाट बैठक हुनेछ।

गैरआवासीय नेपाली संघका ६० भन्दा बढी देशहरूमा रहेका संघका केन्द्रीय पदाधिकारीहरू, आइसीसी सदस्यहरू, र राष्ट्रिय समन्वय समितिका अध्यक्ष तथा महासचिवहरू बैठकमा सहभागी हुनेछन् ।

जोशीका अनुसार, बैठकमा गैरआवासीय नेपाली संघका गतिविधिहरूको जानकारी दिन तथा आगामी नयाँ कार्यक्रमहरू तय गर्न बैठकको आह्वान गरिएको हो।

गत मंगलवार सर्वोच्च अदालतले डा. बद्री केसी नेतृत्वको कार्यसमितिलाई मान्यता दिदै काम नरोक्न आदेश दिएपछि पहिलो पटक सो बैठक बस्न लागेको हो।

यसअघि संघको ११ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नियमित काम गर्न पाउनुपर्ने माग गर्दै संघका सहकोषाध्यक्ष कृष्ण तिमिल्सेना लगायतको टोली सर्वोच्च अदालत पुगेको थियो।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित