पोर्चुगलका नेपालीहरुको सबै कागजातको प्रमाणीकरण अब नेपाली दूतावास पेरिसले गर्ने

पोर्चुगलका नेपालीहरुको सबै कागजातको प्रमाणीकरण अब नेपाली दूतावास पेरिसले गर्ने
www.europenepalikhabar.com २०८१ भाद्र १ गते शनिबार, 17-08-2024


युरोपनेपाली खबर, लिस्बन । नेपाली राजदूतावास पेरिस, फ्रान्सको छाप र दूतावासबाट तोकिएको सम्बन्धित व्यक्तिको हस्ताक्षरबाट प्रमाणिकरण गरिएको नेपालका कागजातहरुलाई पोर्चुगलको सम्बन्धित निकायले मान्यता दिने भएको पेरिसस्थित नेपाली दूतावासबाट आधिकारिक जानकारी  दिएको एनआरएनए आइसीसी सदस्य राजकुमार थापाले बताएका छन् ।

पोर्चुगलको लिस्वनस्थित नेपाली महावाणिज्यदूतको कामकारवाही बन्द भैसकेपछि अबको कागजातहरु प्रमाणिकरणको काम पेरिस स्थित नेपाली दुतावासले गर्ने भएको हो। कागजात प्रमाणीकरणको लागि पोर्चुगलस्थित सम्बन्धित निकायबाट पनि सहमति प्राप्त भएको पेरिसस्थित नेपाली दूतावासले जनाएको छ ।

यसको लागि विभिन्न कागजातहरुको दस्तुर समेत दूतावासले तोकेको छ । नेपाल प्रहरी चारित्रिक प्रमाणपत्रको प्रति प्रमाणपत्र प्रमाणिकरण दस्तुर १०० यूरो लाग्ने भएको छ । जसको निम्ति आफ्नो प्रमाणपत्रको सक्कल कपी, पोर्चुगल रहेको प्रमाणित हुने कुनै कागजात र आफ्नो प्रमाणित गर्नुपर्ने कागजातको प्रकार छानेर निशान लगाएको निवेदन सहित पेश गर्नुपर्ने भनेर पेरिसस्थित नेपाली राजदुतावासले आफ्नो वेबसाईटमा सुचना जारी गरी जनाएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित