एनआरएनए आइसीसीको बैठक सम्पन्न : एनसीसीमा सदस्यता वितरण खुला, डा. केसी र डा. शर्माको संयोजकत्वमा दुई उच्चस्तरीय समिति गठन

एनआरएनए आइसीसीको बैठक सम्पन्न : एनसीसीमा सदस्यता वितरण खुला, डा. केसी र डा. शर्माको संयोजकत्वमा दुई उच्चस्तरीय समिति गठन
www.europenepalikhabar.com २०८१ भाद्र १ गते शनिबार, 17-08-2024


युरोपनेपाली खबर, पोर्चुगल । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद(एनआरएनए, आइसीसी)को बैठक अध्यक्ष डा. बद्री केसीको अध्यक्षता र महासचिव  गौरीराज जोशीको संचालनमा सम्पन्न भएको छ । बैठक शनिवार (१७ अगष्ट २०२४) मा भएको हो ।

बैठकले संघका अध्यक्ष डा. केसीको संयोजकत्वमा संस्थाको बृहतर एकताका लागि छलफल गर्न एक उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले आगामी अक्टोवर महिनामा काठमाण्डौंमा हुने ‘एनआरएनए डे (एनआरएनए दिवस) तथा वार्षिक साधारणसभा’ लाई भव्य रुपमा सम्पन्न गर्न संघका उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा अर्को उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरुमा पंन्जिकृत सदस्यता वितरण खुला गर्ने निर्णय गरेको महासचिव गौरीराज जोशीले जानकारी गराएका छन् ।

भर्रचुअल माध्यमबाट सम्पन्न बैठकमा संघको केन्द्रीय पदाधिकारीहरु, आइसीसी सदस्यहरु, सल्लाहकारहरु र राष्ट्रिय समितिका पदाधिकारीहरुको विषेश उपस्थिति थियो ।

बैठकमा बोल्ने अधिकांस वक्ताहरुले सर्वोच्च अदालतले संघको ११ औं महाधिवेशबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिने फैसलाको स्वागत गर्दै संस्थाका गतिविधिहरुलाई तिब्र पार्ने विषयमा आआफ्ना भनाईहरु राखेका थिए । बैठकले आगामी १५ दिनभित्र संघका कार्यदलहरुलाई पूर्णता दिने निर्णय गरेको छ ।

यस्तै, बैठकले गैरआवासीय नेपालीहरुलाई राष्ट्रिय खेलकुदमा सहभागी गराउने उदेश्यले संघका उपाध्यक्ष रोशन थापाको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

वक्ताहरुले गैरआवासीय नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, संघका क्षेत्रीय सम्मेलन, राष्ट्रिय समितिका गतिविधि लगायतका विषयमा आफ्ना भनाईहरु राखेका थिए । 

बैठकले संघको ११ औं महाधिवेशनको वैधानिकताको माग गर्दै सर्वोच्च अदालतका रिद दायर गर्ने संघकी उपाध्यक्ष रोजिना प्रधान राई, सचिव टिका गुरुङ र सहकोषाध्यक्ष कृष्णप्रसाद तिमल्सिनालाई धन्यवाद दिने निर्णय गरेको छ । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित