गुल्मी समाज पोर्चुगलको अध्यक्षमा माया खरेल चयन

गुल्मी समाज पोर्चुगलको अध्यक्षमा माया खरेल चयन
www.europenepalikhabar.com २०८१ भाद्र २ गते आइतबार, 18-08-2024


युरोपनेपाली खबर, १८ अगस्ट, लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा आइतबार सम्पन्न गुल्मी समाज पोर्चुगलको बार्षिक साधारणसभाले सर्वसम्मत रूपमा माया खरेलमा अध्यक्षमा चयन गरेको छ । यस भन्दाअघि उनी समाजकी सल्लाहकार थिइन् । 

पोर्चुगलको नेपाली समाजमा चीरपरिचित सामाजिक अगुवा समेत रहेकी खरेलले यसभन्दा अघि नेप्लीज वुमन एसोसिएसन पोर्चुगलको अध्यक्षको रूपमा सफलतापुर्वक आफ्नो जिम्मेवारी पुरा गरिसकेकी छन् भने उनी हाल गैरआवासीय नेपाली संघ पोर्चुगलको महिला उपाध्यक्ष समेत रहेकी छन् । 

निवर्तमान अध्यक्ष अमृत रिजाल र निवर्तमान कार्यवाहक अध्यक्ष प्रकाश पाण्डे दीर्घकालीन बसाईको रूपमा पोर्चुगल बाहिर   रहने भएपछि समाजले नयाँ अध्यक्ष चुनेको हो । रिजाल र पाण्डेले पोर्चुगलको नेपाली समाजमा पुर्‍याएको  महत्त्वपूर्ण योगदान सधैं स्मरणीय रहने जनाइएको छ ।

समाजका संस्थापक अध्यक्ष युवराज पन्थीको प्रमुख आतिथ्यता, कार्यबाहक अध्यक्ष प्रकाश पाण्डेको अध्यक्षता र महासचिव गोविन्द कँडेलको संचालनमा सम्पन्न साधारणसभा पछि तीज विशेष धमका साँस्कृतिक कार्यक्रम आयोजना भएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित