पोर्चुगलको सेगा पार्टीले सेप्टेम्बर २१ मा अनियन्त्रित आप्रवासन र सडक असुरक्षा विरुद्ध विशाल प्रदर्शन गर्ने

पोर्चुगलको सेगा पार्टीले सेप्टेम्बर २१ मा अनियन्त्रित आप्रवासन र सडक असुरक्षा विरुद्ध विशाल प्रदर्शन गर्ने
www.europenepalikhabar.com २०८१ भाद्र ३ गते सोमबार, 19-08-2024


युरोपनेपाली खबर, लिस्बन । अध्यागमन मुद्दामा कट्टरपन्थी रूपमा चिनिएको सेगा पार्टीले आगामी  सेप्टेम्बर २१ मा "अनियन्त्रित आप्रवासन र सडक असुरक्षा" विरुद्ध पोर्चुगलको राजधानी लिस्बनमा व्यापक प्रदर्शन गर्ने तयारी गरेको छ ।

सेगाले सेप्टेम्बर २१ मा "अनियन्त्रित आप्रवासन र असुरक्षा विरुद्ध प्रदर्शन" बृहत सडक प्रदर्शन गर्नेछ, सेगा पार्टीका प्रमुख भिन्तुराले भने । यो प्रदर्शनबाट उक्त पार्टीले व्यापक राजनैतिक फाइदा लिने अनुमान गरिएको छ।

सेगा पार्टीको नाममा आयोजना गरिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शन हुने ठानिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित