नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलद्वारा कागजात प्रमाणीकरणको समस्या तत्काल समाधान गर्न माग

नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलद्वारा कागजात प्रमाणीकरणको समस्या तत्काल समाधान गर्न माग
www.europenepalikhabar.com २०८१ भाद्र ३ गते सोमबार, 19-08-2024

 

युरोपनेपाली खबर, लिस्बन । नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलले नेपाली कागजजात प्रमाणिकरणमा परेको समस्या र भोग्नु परेको सास्तीबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एक प्रेस विज्ञप्ती जारी गर्दै महासंघले आफ्नो गम्भीर चासो जनाएको हो ।

लिस्वनस्थित अवैतनिक महावाणिज्यदूत बन्द हुँदा सेवाग्राहीले नेपाली कागजजात प्रमाणिकरणमा ठूलो कठिनाइ र अनावश्यक चर्को शुल्क समेत बेहोर्नु परेको र फ्रान्सस्थित पेरिस दूतावासले जारी गरेको  कागजात प्रमाणिकरण शुल्क अत्यन्तै मंहगो भएको सो कारण सेवाग्राही गम्भीर समस्यामा परेको महासंघले आपत्ति जनाएको छ।

पेरीस दूतावासले तत्कालका लागि पोर्चुगलमा सम्पर्क कार्यालय खोलेर सुलभ मूल्यमा सेवा प्रवाह गर्नुपर्नेमा महासघले जोडदार माग गरेको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित