प्रवासी नेपाली मञ्च डेनमार्कद्वारा कार्यकाल सक्नु भएका राजदूतको विदाइ तथा कार्यबाहक राजदूतलाई स्वागत

प्रवासी नेपाली मञ्च डेनमार्कद्वारा कार्यकाल सक्नु भएका राजदूतको विदाइ तथा कार्यबाहक राजदूतलाई  स्वागत
www.europenepalikhabar.com २०८१ भाद्र ४ गते मंगलबार, 20-08-2024


युरोप । प्रवासी नेपाली मन्च डेनमार्कले मंगलाबार कोपेनहेगनस्थित नेपाली राजदूतावासमा डेनमार्कका लागि नेपाली राजदुत महामहिम प्रा. डा. श्री रामस्वार्थ रायलाई विदाई तथा भर्खरै कार्यभार समाल्नु हुने कार्यबाहक राजदूत सावित्री ओलीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बिदाई हुँदै गर्नुभएका राजदूत  प्रा. डा. श्री रामस्वार्थ रायले आफ्नो कार्यकाल सफल पार्न यहाँ रहेका प्रवासी नेपाली मन्च लगायत विभिन्न  संघसंस्थाहरुबाट प्राप्त सहयोगहरुको लागि धन्यवाद दिनु भएको थियो । 

उहाँको कार्यकाल सकिए संगै डेनमार्क  लागि नेपाली कार्यवाहक राजदुतमा सावित्री ओलीले जिम्मेवारी सम्हाल्नु भएको छ । मन्चका अध्यक्ष रबिन कार्कीले उहाँको छोटो कार्यकालमा पनि नेपाली समाज डेनमार्कमा अविस्मरणीय परिचय छोड्न सफल रहनु भएको र राजदुतावासले डेनमार्कको सम्पूर्ण नेपाली समाजप्रति  पुर्‍याएको योगदानको उच्च प्रशंसा र धन्यवाद ब्यक्त गर्दै प्रवासी नेपाली मंचको तर्फबाट उहाँका आगामी दिनहरु अझ सफल रहुन् भन्ने शुभकामना सहित सम्झना स्वरुप मायाको चिनो प्रदान गर्नु भएको थियो।

कार्यक्रममा प्रवासी नेपाली मन्चको संस्थापक अध्यक्ष घनश्याम गौतम, उपाध्यक्ष अमृत रिजाल, सचिव सैलेन्द्र राई, सहसचिव भुपेन्द्र सुवेदी, आर्थिक बिभाग प्रमुख भुवनध्वज थापा, स्कुल बिभाग प्रमुख भास्कर खनाल, नेपाल उद्योग बाणिज्य संघ डेनमार्कका अध्यक्ष मिलन श्रेष्ठ (पर्वते माइलो) लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित