पोर्चुगलमा नेपाल सरकारको कुटनैनिक निकायको सेवा सञ्चालन गर्न नेपाली जनप्रगतिशील माेर्चाको जाेडदार माग

पोर्चुगलमा नेपाल सरकारको कुटनैनिक निकायको सेवा सञ्चालन गर्न नेपाली जनप्रगतिशील माेर्चाको जाेडदार माग
www.europenepalikhabar.com २०८१ भाद्र ६ गते बिहीबार, 22-08-2024


युरोपनेपाली खबर, पोर्चुगल । पोर्चुगलमा नेपाल सरकारको कुटनैनिक निकायको सेवा सञ्चालन गर्न नेपाली जनप्रगतिशील माेर्चा पोर्चुगलले जाेडदार माग गरेको छ ।

मोर्चाले प्रधानमन्त्री, परराष्ट्र मन्त्री लगायत सम्बन्धित निकायमा ज्ञापनपत्र दिंदै  पोर्चुगलको नेपाली समुदायलाई परिरहेको मर्का र भोगिरहेको सास्तीका सम्बन्धमा नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण सहित यस्तो माग गरेको हो ।

हेर्नुहोस् मोर्चाको विज्ञप्ति जस्ताको तस्तै :

ज्ञापन–पत्र

सम्माननीय प्रधानमन्त्रिज्यू

नेपाल सरकार प्रधानमन्त्रीको कार्यलय 

सिंहदरबार, काठमाण्डौं

बोधार्थ

१) सम्माननीय परराष्ट्र मन्त्री ज्यु

नेपाल सरकार परराष्ट्र मन्त्रालय 

सिंहदरबार काठमाण्डौ

२) महामहिम राजदूत

नेपाली राजदूतावास, पेरिस–फ्रान्स


बिषयः पोर्तुगलमा नेपाल सरकारको कुटनैनिक निकायको सेवा सञ्चालन बारे ।

 प्रस्तुत विषयमा युरोपेलि मुलुक पोर्तुगलमा अनुमानित ५० हजार भन्दा बढी नेपाली बसोबास गर्दै आएका छन् । यहाँ रहेका नेपाली समुदायले यहाँको वैधानिक बसोबासका लागि आबस्यक पर्ने आवासिय अनुमति पत्र, त्यसको नविकरण, परिवार पुर्नमिलन, लगायतका कागजि प्रक्रियाका लागि आवश्यक कागजात प्रमाणिकरण गर्न तथा नेपाल राज्यबाट हुनुपर्ने सेवा उपलब्ध नभएकोले यसलाइ यथा सम्भव छिटो पोर्तुगल बाटै संचालन गर्ने व्यवस्था गर्न नेपाल सरकार सङ्ग जोडदार माग गर्दछौं ।

 गत मिति ३० जुन–२०२४ भन्दा अगाडि नेपाल सरकारको प्रतिनिधिको रुपमा काम गर्दै आएको अवैतनिक महावाणिज्यदूतको कार्यलय बन्द हुन पुगेको छ र त्यसको विकल्पमा नेपाल सरकारको परराष्ट्र मन्त्रालय र पोर्तुगललाई सेवा दिने नेपाली राजदूतावास पेरिसले ठोस कार्ययोजना तय गरिनसकेको हुँदा यहाँ स्थित नेपाली समुदायको कागजात प्रमाणिकरण तथा कुटनैतिक समन्वयनमा गम्भिर समस्या पैदा भएको छ ।

हालको समस्यालाई हल गर्न भन्दै हालै नेपाली राजदूतावास पेरिस द्वारा प्रकाशित सुचनामा कागजात प्रमाणिकरण गर्न लाग्ने दस्तुर तथा प्रक्रियाले यहाँका नेपाली समुदायमा गहिरो आघात पुगेको छ । यस विषयमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकारको चर्को शुल्क तथा जटील प्रक्रियालाई तत्काल सहजिकरण गर्न माग गर्दछौं ।

पोर्तुगलमा रहेका नेपालीको यो विकराल अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकार द्वारा पोर्तुगलमा राजदूतावास स्थापन गर्ने निर्णय गरिसकेको हुँदा यसलाई स्वागत गर्दै हालै नियुक्ति हुनुभएका राजदुतलाई यथा सम्भव छिटो कार्यक्षत्रमा पठाई सेवा दिन गर्न आग्रह गर्दछौं । दुतावासको कार्य सम्पादन गर्न ढिलाई हुने अवस्था रहेमा नेपाल सरकार परराष्ट्र मन्त्रालय तथा पेरिस दूतावासको रोहबरमा तत्काल कर्मचारी उपलब्ध गराई वा लिस्वन–पोर्तुगलको अवैतनिक वाणिज्य कार्यलय पुनहः संचालनमा ल्याई उल्लेखित समस्याहरु हल गर्न आग्रह गर्दछौं ।

पूर्णबहादुर विश्वकर्मा

अध्यक्ष

नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगल

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित