पोर्चुगलका लागि प्रकाशमणि पौडेलसहित ५ राजदूतले लिए शपथ, १ महिनाभित्र कार्यक्षेत्र पुग्ने अपेक्षा

पोर्चुगलका लागि प्रकाशमणि पौडेलसहित ५ राजदूतले लिए शपथ, १ महिनाभित्र कार्यक्षेत्र पुग्ने अपेक्षा
www.europenepalikhabar.com २०८१ पुष १७ गते बुधबार, 01-01-2025


लिस्बन । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल,दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिना र डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले शपथ लिएका हुन् ।

सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि नवनियुक्त राजदूतहरूलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित