युरोपनेपाली खबर ।
लिस्बन पोर्चुगल,२० अप्रिल । भगवान गौतम बुद्धको २५६९ औं जयन्ती पोर्चुगलमा भव्य रूपमा मनाउने तयारी सुरु भएको छ । आगामी मे महिनाको १२ तारिख सोमबार बुद्ध पुर्णिामा(२९ बैशाख २०८२) का दिन शोभा यात्रा र्याली सहित बुद्ध जयन्ती मनाउन पोर्चुगलस्थित संघसंस्थाहरुको बृहत बैठकले एकबद्द भएर कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगल मुख्य आयोजक, गैरआवासीय नेपाली संघ पोर्चुगल, नेप्लीज् वुमन एसोसिएसन पोर्चुगल लगायत पोर्चुगलस्थित सम्पूर्ण नेपाली संघसंस्थाहरु सहआयोजक रहने गरी र्याली तथा सभा आयोजना गरिने नेफिन पोर्चुगलका अध्यक्ष चोपकुमार मगरले जानकारी दिए ।
विगत बर्षहरुदेखि नै पोर्चुगलमा बुद्ध जयन्ती भव्य रूपमा मनाउँदै आइएको छ ।यसपटक पनि लामा गुरुहरुद्वारा बुद्ध भगवानको पूजा, बुद्धको सन्देश, व्यानर, ध्वाजापतका, भेषभुषा, बाजागाजा सहित मनाउने तयारी गरिने भएको छ ।
बुद्ध जयन्ती भव्य मनाउने तयारीका लागि नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार मगरको संयोजकत्वमा पोर्चुगलस्थित सम्पूर्ण नेपाली संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु रहने गरी मूल आयोजक समिति, नेफिनका कोषाध्यक्ष पासाङ नुरी शेर्पाको संयोजकत्वमा एनआरएनए र नेप्लीज् वुमनका प्रतिनिधि रहेको आर्थिक उपसमिति, शेर्पा किदुक पोर्चुगलको संयोजनमा सबै मातृ संस्थाहरु रहने गरी पूजा आयोजना व्यवस्थापन उपसमिति, एनआरएनए पोर्चुगल तथा नेफिन पोर्चुगल रहने गरी शोभा यात्रा तथा मंच व्यवस्थापन उपसमिति, एनआरएनए आइसीसी सदस्य राजकुमार थापा संयोजक रहने गरी पोर्चुगलस्थित क्रियाशील सम्पूर्ण पत्रकार तथा संघसंस्थाका प्रतिनिधि रहने गरी प्रचारप्रसार उपसमिति लगायत अन्य आवश्यक उपसमितिहरु गठन गरिएको जानकारी दिइएको छ ।
FOUNDER/CHIEF EDITOR :