पोर्चुगल— पोर्चुगलको दक्षिणपन्थी दोश्रो ठूलो प्रतिपक्षी दल सेगा पार्टीका प्रमुख आन्द्रे भेन्टुराले गणतन्त्र पोर्चुगलको राष्ट्रपति पदमा उम्मेदवार दिने भएका छन् ।
शनिबार दिउँसो पार्टीका जनप्रतिनिधिहरुलाई पत्र मार्फत जानकारी गराउँदै उनले मार्च दोश्रो साता उम्मेदवारीको औपचारिक घोषणा गर्ने जानकारी दिएका छन् ।
जनवरी २०२६ मा पोर्चुगलमा राष्ट्रपतिको चुनाव हुने तयारी भइरहेको छ । यो चुनावले राष्ट्रपति मार्सेलो रेबेलो दि सौसाको उत्तराधिकारी चयन गर्नेछ । सौसालाई तेस्रो कार्यकालको लागि उम्मेदवार हुन कानुन त मिल्दैन ।
भिन्तुराले सन् २०२१ मा पोर्चुगलको राष्ट्रपतिको लागि पनि उनले उम्मेद्वारी दिएका थिए। उनको यो दोस्रोपटक राष्ट्रपतिको लागि उम्मेदवारी हुनेछ।
सन् २०२१ मा राष्ट्रपतिको उम्मेदवारी दिँदै गर्दा उनीले ११.९०% मत ल्याएर उक्त चुनावमा तेस्रो भएका थिए। गएको सन् २०२४ मा पोर्चुगाली संसदमा सेगा पार्टीले उनको नेतृत्वमा १८.१% भोट सहित ५० सीट भन्दा बढी प्राप्त गरेको थियो ।
सन् २०१९ मा स्थापना भएको सेगा पार्टीले पोर्चुगलमा आप्रवासीहरू विरुद्ध कडा नीति अबलम्बन गर्दै आएको छ ।
विश्वमा सुरक्षाको हिसाबले पनि राम्रो रहेको देश पोर्चुगलमा अहिले आप्रवासीको संख्या धेरै भएको कारणले गर्दा पोर्चुगललाई आप्रवासीहरू चाहिँदैन आप्रवासीलाई पोर्चुगल ल्याउनको लागि बन्द गर्नुपर्छ भिन्तुराको सेगा पार्टी सडकमा पनि उत्रिदै आएको छ ।
सन् २०२१ मा राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले २५, ३३,७९९ अर्थात् ६०.७०% ल्याएर विजय भएका थिए ।
त्यस्तै पहिलोपटक राष्ट्रपतिको चुनावमा होमिएका सेगा पार्टीका प्रमुख आन्द्रे भिन्तुराले ४,९६,६५३ अर्थात् ११.९०% भोट प्राप्त गरी तेस्रो भएका थिए ।
सन् २०२१ मा निर्वाचित भएका राष्ट्रपति मार्सेलो रेबेलो दि सौसा सामाजिक लोकतान्त्रिक पार्टी PS बाट प्रतिनिधित्व गरेका थिए। वर्तमान राष्ट्रपतिको अबको एक बर्षपछि २०२६ मा आफ्नो कार्यकाल सकिने भएकोले पोर्चुगलमा नयाँ राष्ट्रपतिको चुनावको चर्चा सुरु भएको हो ।
FOUNDER/CHIEF EDITOR :