ठकुरी समाज पोर्चुगलले दर खुवाउँदै तीज विशेष साँस्कृतिक कार्यक्रम आयोजना गर्ने

ठकुरी समाज पोर्चुगलले दर खुवाउँदै तीज विशेष साँस्कृतिक कार्यक्रम आयोजना गर्ने
www.europenepalikhabar.com २०८१ भाद्र ७ गते शुक्रबार, 23-08-2024


युरोपनेपाली खबर, लिस्बन । ठकुरी समाज पोर्चुगलले राष्ट्रिय कलाकारको साथमा दर सहित तीज विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर सो कार्यक्रम गर्न लागिएको हो समाजका अध्यक्ष सज्जन हमाल ठकुरीले जानकारी दिए। कार्यक्रम  अगस्ट २५ तारिख आइतबार पोर्चुगलको बेलाभिस्ता पार्कमा हुने समाजले जनाएको छ ।

उक्त कार्यक्रममा नेपालका  चर्चित कलाकार सन्तु थापा,फणीन्द्र ठकुरी र अनु गुरुङले विशेष प्रस्तुति दिनेछन् । चर्चित गायक तथा गायीकहरुको गीतमा उपस्थित नेपालीहरुले  छमछ्मी नाचेर  मनोरञ्जन लिने  विश्वास लिइएको छ ।

सो कार्यक्रमलाई भब्य र सभ्य बनाउन तयारी अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष सज्जन हमाल ठकुरीले बताए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित