युरोपाटीका सम्पादक पुस्तक रेग्मी सम्मानित

युरोपाटीका सम्पादक पुस्तक रेग्मी सम्मानित
www.europenepalikhabar.com २०८१ भाद्र १० गते सोमबार, 26-08-2024


पोर्चुगल । धुन नेपाल कम्पनीद्वारा मलेसियामा DN EXTRAORDINARY INTERNATIONAL AWARDS 2024 कार्यक्रमको आयोजना गरेको छ ।

अवार्ड कार्यक्रममा बिभिन्न बिधामा कार्यरत ब्यक्तिहरुलाइ संस्थाले सम्मानित गरेको छ। सम्मानित हुनेमा युरोपबाट प्रकाशित भैरहेको डिजिटल अनलाइन पत्रिका युरोपाटीका सम्पादक तथा अध्यक्ष पुस्तक रेग्मी  पत्रकारिता सम्मानपत्र बाट सम्मानित भएका छन् । 

रेग्मी युरोपाटिका सम्पादक तथा अन्य विभिन्न मिडियामा समेत कलम चलाउछन । रेग्मीले युरोपमा रहेर युरोपमा भएका सत्य तथ्य घटनाका बारेमा लगाएत अन्य बिधामा समेत कलम चलाएको मुल्यांकन गरि सो संस्थाले उनलाइ सम्मानित गरेको बताएको छ ।

बिदेशी भुमिमा रहेर आफ्नो काममा ब्यस्त रहेता पनि समय निकालेर रेग्मी सम सामयिक घटना लगाएत युरोपमा हुने गरेका सत्य तथ्य बिसयमा उनले कलमको माध्यमबाट आवाज उठाउने गरेका छन ।

 रेग्मीले युरोपमा रहेका आवाज बिहिनहरुका आवाजलाइ बाहिर ल्याउने प्रयास गरिरहेका हुनाले संस्थाले सम्मानित गरेको उनको भनाइ छ । 

युरोपबाट प्रकाशित युरोपाटीले छोटो समयमा नै धेरै पाठकहरूको मन जित्न सफल भएको छ । युरोपाटी अहिले युरोपमा मात्र नभई विश्वभरका घटनाहरूलाइ समेत उजागर गर्न सफल भएको छ ।

अवार्ड कार्यक्रममा जनसम्पर्क समिति सभापति चोलाकान्त पङ्गेनी, आर.टी.एफ.सी फुटबल क्लब अध्यक्ष राजु तामाङ, उग्रतारा रेस्टुरेन्ट केलका टेकबहादुर टमोटा र पूर्व महिला संयोजक गैर आवासीय नेपाली सघ मलेसियाका मेरा गिरी पुरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

धुन नेपाल कम्पनीले हरेक बर्स कार्यक्रम गरि विभिन्न संस्थाका योग्य ब्यक्तिहरुलाइ मुल्यांकन गरि संम्मानित गर्दै आएको छ ।

कुल राज पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थिए।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित