युरोपनेपाली खबर, लिस्बन ।
पोर्चुगलमा रहेका नेपाली महिलाहरुको साझा संस्था नेप्लीज् वुमन एसोसिएसन पोर्चुगलको आयोजनामा विगत बर्ष झैं नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
तीज विशेष साँस्कृतिक कार्यक्रम आगामी अगस्ट २४ तारिख आइतबार मार्तिज मुनिज पार्कमा आयोजना हुने नेप्लीज् वुमन एसोसिएसन पोर्चुगलकी अध्यक्ष शान्ति अर्याल अधिकारीले बताइन् ।
यस्तो छ नेप्लीज् वुमन एसोसिएसनले निकालेको निमन्त्रणा सूचना :
हार्दिक निमन्त्रणा !
सर्बप्रथम सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई दिदीबहिनीहरूमा आउँदै गरेको नेपाली महिलाहरुको महान् चाड हरितालिका तिजको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि नेप्लिज वोमन एशोसिएसन पोर्चुगलमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीको माईति बनेर उभिने प्रयास गरिरहेको यहाँहरुलाई अवगत गराउँदै अगष्ट २४ तारिख आईतवारको दिन (रोईलाकिङ्) अत्यन्त लोकप्रिय कलाकार शिरीष देबकोटा , लोक तथा दोहोरी गायिकाहरू कला पङ्गेनी, गिता रेउले लगायतका कलाकारहरूको उपस्थितिमा लिस्बनको मुटु मानिने मार्टिमुनिज पार्कमा तपाईंहरु लाई छमछमी नचाउने उद्देश्यले तिज बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेका छौ । आजैदेखि बिदा मिलाएर उक्त दिन समयमै उपस्थित भैदिनु हुन पोर्चुगल बासी सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।
उक्त कार्यक्रमलाई भव्य रुपबाट सफल गराउनको लागि सहयोग गरिदिनु हुन पोर्चुगल स्थित सम्पुर्ण संघ संस्था र व्यबसायी ज्युहरु लगायत सबैलाई हार्दिक अनुरोध पनि गर्दछौं।
शान्ति अर्याल अधिकारी
अध्यक्ष
नेप्लीज् वुमन एसोसिएसन परिवार पोर्चुगल
FOUNDER/CHIEF EDITOR :