लिस्बन । स्पेनमा भएको रेल दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ। स्पेनी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा २५ भन्दा बढी व्यक्ति गम्भीर घाइते भएका छन्। एन्डालुसियाको आपतकालीन सेवाले घाइतेहरूको अवस्था चिन्ताजनक रहेको जनाएको छ।
घटना स्थानीय समयअनुसार साँझ करिब ७:४० बजे भएको हो। म्यालागाबाट म्याड्रिडतर्फ जाँदै गरेको रेलमा ३१७ यात्रु सवार थिए। उक्त रेल पटरीबाट चिप्लिएर छेउको ट्र्याकमा पुगेको र त्यस क्रममा अर्को एक रेल पनि पटरीबाट उत्रिएको बताइएको छ।
दुर्घटनापछि उद्धार टोली, स्वास्थ्यकर्मी र सुरक्षा निकाय तत्काल घटनास्थलमा खटिएका थिए। घाइतेहरूलाई नजिकका अस्पतालहरूमा उपचारका लागि लगिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको स्पेनी अधिकारीहरूले जनाएका छन्।
FOUNDER/CHIEF EDITOR :