संखुवासभामा एमालेका डा.अर्जुन कार्की सहित १६ जनाको उम्मेदवारी (उम्मेदवारको नामावलीसहित)

संखुवासभामा एमालेका डा.अर्जुन कार्की सहित १६ जनाको उम्मेदवारी (उम्मेदवारको नामावलीसहित)
www.europenepalikhabar.com २०८२ माघ ७ गते बुधबार, 21-01-2026


युरोपनेपाली खबर ।

आगामी फागुन २१ गते हुने नेपालको प्रतिनिधि सभाको निर्वाचनका लागि संखुवासभामा विभिन्न पार्टी र स्वतन्त्र गरी १६ जनाको उम्मेदवारी परेको छ । 

संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको निर्वाचन कार्यालयमा विभिन्न पार्टीका र स्वतन्त्र उम्मेदवारहरुले माघ ६ गते मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । 

जिल्लाको विकास, जनताको हकहित र अधिकारलाई सुनिश्चित गर्न योग्य र उपयुक्त उम्मेदवारको रूपमा आफुलाइ सूर्य चिन्हमा  मतदान गरी विजय गराउन एमाले उम्मेदवार डा. कार्कीले संखुवासभाबासीसंग आग्रह गरेका छन् । सही उम्मेदवार छनौट गरी मतदानको मौकालाई सदुपयोग गर्नु सबै मतदाताको कर्तव्य, देशको समुन्नत भविष्य र लोकतन्त्रप्रतिको निष्ठा र सुन्दरता हो, डा. कार्कीले भने ।

एमाले उम्मेदवार डा. कार्कीले अमेरिका जस्तो संसारकै सर्वशक्तिमान देशको राजदूत भएर सफल र काविल कुटनैतिज्ञको छवि बनाइसकेका छन् । योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयका अध्यक्ष समेत रहेका कार्की संखुवासभामा मात्र होइन, नेपाल र विदेशमा समेत विकासविज्ञको रूपमा चिरपरिचित छन् ।

वास्तवमा एउटा पार्टीको चुनाव चिन्ह लिएर उत्रिएपनि डा. अर्जुन कार्की समग्र संखुवासभा र संखुवासभालीका लागि गौरव र सुन्दर भविष्य निर्माण गर्ने सुयोग्य पात्र रहेको, सयौं संखुवासभालीलाई रोजगारी र परियोजनाहरु दिदै आएकोले कुनै पार्टी, वाद, सिद्धान्त, जात, धर्म  र क्षेत्रभन्दा माथि उठेर उनलाई जिताउनु पर्ने आवश्यकता रहेको संखुवासभाका आम मतदाताले प्रतिक्रिया दिएका छन् ।

उनी विजयी भइ सरकारमा पुग्ने अवसर पाए परराष्ट्र मन्त्री हुनसक्ने चर्चा रहेको छ । 

हेर्नुहोस्  उम्मेदवारको नामावली :


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित