एनआरएनए राष्ट्रिय समन्वय परिषदहरुले गर्ने भनिएको भेला अवैधानिक - अध्यक्ष पन्त र महासचिव शर्मा(पत्रचार सहित)

एनआरएनए राष्ट्रिय समन्वय परिषदहरुले गर्ने भनिएको भेला अवैधानिक - अध्यक्ष पन्त र महासचिव शर्मा(पत्रचार सहित)
२०७८ कार्तिक ३ बुधबार, 20-10-2021


लिस्बन, पोर्चुगल । आगामी अक्टोबर २४ तारिख गरिने भनेको एनआरएनए राष्ट्रिय समन्वय परिषदहरुको भेला अवैधानिक भएको अध्यक्ष कुमार पन्त र महासचिव डा. हेमराज शर्माले उल्लेख गरेका छन् ।

अध्यक्ष कुमार पन्तले एनसिसी पदाधिकारीहरुलाई एक ईमेल पठाउदै भनेका छन् “सामाजिक सन्जाल मार्फत मेरो जानकारीमा आए अनुसार २४ अक्टोबरकालागि प्रस्तावित एनसिसीहरुले गर्ने भनिएको भेलामा मेरो नामपनि जोडिएको छ । म यस्तो भेलाको जमघटको हिस्सा होइन । र त्यस्तो कुनैपनि भेला र जमघटमा सहभागी नहुनपनि म सबै एनसिसीहरुलाई अनुरोध गर्दछु ।”

भेला वैधानिक नरहेको भन्दै एनआरएनए महासचिव डा. हेमराज शर्मालेपनि आफ्ना तर्फबाट भेलामा नजान पत्रचार गरेका छन् । उनले अहिलेको समस्या समाधान गर्न अध्यक्षनै स्वयं रातदिन खटिरहेको अवस्थामा यस्ता खालका समानान्तर गतिविधिले समस्यामा थप जटिलता थप्ने उल्लेख गर्दै भनेका छन् “कोरोना महामारीमा हामीले हप्तै जस्तो एनसिसिहरुसँग बैठक आयोजना गरेका थियौं । आवश्यक पर्यो भने अहिलेको समस्याका सम्बन्धमा पनि एनसिसिको बैठक आइसिसिले आयोजना गर्नेछ ।”

डा. शर्माले अध्यक्षको लचकतालाई कमजोरीको रुपमा लिंदै एनआरएनएलाई असोभनीय हुने खालका गतिविधि हुँदै आएको र थुप्रै गलत नजिर स्थापित भएको उल्लेख गरेका छन् । यस्ता खालका गतिविधिलाई समयमा नै रोक्न जरुरी भएकाले अध्यक्षले निर्देशन गरेअनुसार २४ तारिखको भेला आयोजना नगर्न र यस्ता गतिविधिमा भाग नलिन अनुरोध गर्दै भनेका छन् “यस्तो खालको भेलाको वैधानिक व्यवस्था नभएको पनि जानकारी गराउँदछु ।”

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित