एनआरएनए उपाध्यक्ष मन केसीका भ्रम र यथार्थ (खुल्लापत्र)

एनआरएनए उपाध्यक्ष मन केसीका भ्रम र यथार्थ (खुल्लापत्र)
एनआरएनए उपाध्यक्ष मन केसी
युरोपनेपाली खबर २०७८ कार्तिक ५ शुक्रबार, 22-10-2021


आदरणीय उपाध्यक्ष मन केसी ज्यू

यहाँको हालको आलेख र यूट्यूब अन्तरर्वाता हेर्ने अवसर पाए ।  पुरै कार्यकालमा तोकिएरै दिएको दर्जनौ जिम्मेवारीहरु के कती पुरा गर्नु भो ? सहकर्मी आईसीसी सदस्य राज कुमार उपाध्यायले भन्नु भएजै सम्भवत त्यो सूचीसहित केही दिनमा आउला तर अहिले यत्ति भनौ के तपाई प्रतिपक्ष दलको नेता हो ?

संसदमा प्रतिपक्ष नेतालाई झै विषेश समय चाहिने ? अनि तपाईको उही पुरानै अलाप दोहोर्याई हामीले सुनिदिनु पर्ने ? तपाईले  अक्टोवर २४ मा हुने भनिएको कथित एनसीसीहरुको भेलालाई प्रोत्साहित गर्दै बोलेका, संस्थाको बिधान नमानेका नजिरहरु छन । उपाध्यक्ष भएर यसरी नजान बिषेश आग्रह गर्दछु। 

तपाईले ठांउ ठाउंमा उठान गर्नु भएको गत आइसिसिको ८० औं बैठकले गरेको निर्णयको बारेमा अहिलेकै कार्यसमितिका तपाई जिम्मेवार पदाधिकारी ज्यूहरु तथा आईसीसीकै सदस्यज्यूहरुले अनेकन नकारात्मक टिकाटिप्पणी गर्नु भएको देखियो, जसमध्ये एक थियो निर्वाचन नोभेम्बर ३० तारीखमा गर्नेमा सहमति भएको हो तरकार्यसमितिको अवधी ६ महिना बढाउने भनिएको थिएन भन्नु भनियो वा त्यो मैले सुनिन् । 

के यो जिम्मेवार प्रश्न बजारमा भ्रम सृजना गर्दै हिड्नु जिम्मेवारपन हो ? यस्ता हल्का टीका टिप्पणी नगर्न सुझाव दिन चहान्छु । समय नै नबढाइकन निर्वाचन कसरी तय भयो त ? कि अध्यक्ष ज्युले कार्यसमिति भङ्ग भएको घोषणा गर्नु पर्यो होइन भने बिधानको धारा १३ (२) अनुसार महाधिवेशन ६ महिना सम्म सार्न सकिने दफालाइ टेकेर सारिएको हो र बहुमतले त्यसलाई पारित गरेको हो । 

महाधिबेशन सार्न सकिने प्राबधान छ कार्यबधी हैन जस्ता तर्क समेत सुनिदैछ ? यस्तो हास्यास्पद तर्कले के ईग्गित गर्छ – हामी सहजै अनुमान लगाउनु सक्छौ । म ति साथीहरुलाई बिधानको परिच्छेद ५ धारा १४ समेत राम्रोसंग पढ्न समेत अनुरोध गर्दछु । त्यहां अन्तराष्ट्रीय महाधिबेशनको काम मध्ये “अन्तराष्ट्रीय महाधिबेशनले अन्तराष्ट्रीय समन्वय परिषदको पधाधिकारीहरु निर्वाचन गर्नेछ” भन्ने किटानी हुंदा हुंदै पनि हामी नहुझेझै नगर्न अनुरोध गरिन्छ । 

कसैले त पूर्बअध्यक्ष, पूर्बमहासचिब र आफै समेत पूर्ब आईसीसी समेत लेख्न भ्याउनु भो । आफुले छाड्न पाईन्छ तर अरुसबैलाई यसरी नै बुझाउने प्रयास नगर्नु होला? 

एनसीसीहरुको भेला बारे आपसी सदभाव, सहकार्य गर्न पाइन्छ त्यो एनसीसीहरुको स्वतन्त्रताको कुरा हो तर अहिले सस्थालाई बलजफ्ती अप्ठ्यारो मोडमा पार्ने, नभएका समस्याहरुलाई जबर्जस्ती समस्या देखाउने, अधिकार भन्दा बाहिर गै संरक्षक परिषदलाई सकृय बनाउन खोज्ने र संरक्षक परिषद (यदी अस्तित्वमा छ भने) ले गर्ने काम मध्ये संस्था अघी बढ्नै नसक्ने अवस्था आई कुनै काम अघी नबढेमा, संस्था बिघठन हुने अवस्था आएमा, आईसीसीलाई बैठक बोलाउंन अनुरोध गर्दा समेत बैठक नबोलाएमा, संरक्षक परिषदले दिईएको निर्देशनको पालना नगरेमा राष्ट्रीय समन्वय परिषद अध्यक्षहरुको भेला गर्ने र संस्थाको संरक्षण गर्ने भनिएको छ । 

के अहिले बिबाद अप्राकृतिक (अबैधानिक तरिकाले कसरी आफ्ना डेलिगेट्ड बढी लाने र चुनाब जित्ने भन्ने हैन र ? कुन काम अघी बढेको छैन हाल आईसीसीमा अबैधानिक डेलिगेट्स हाल्नु भन्दा बाहेक, संस्था कसरी बिघठन हुने वाला छ ? 

संरक्षक परिषदका अग्रजहरु हालसम्म कुन कुन आईसीसी बैठकमा सहभागी हुनु भएको छ ? के के निर्देशन दिनु भएको छ र पालना भएन ? संरक्षक परिषदका को को संरक्षकहरु अहिल्यै यो एनसीसी अध्यक्षहरुको भेला गर्न पर्ने अवस्था आयो भन्ने मा हुनु हुन्छ ?  यो सूचना पाउनु हाम्रो अधिकार हो की हैन अध्यक्ष ज्यू ? के कुनै एक लाई नेतृत्वको अतृप्त चहाना हुंदा सिंगो संस्था बलीको बेदीमा चड्न पर्नु हो ?    

यसरी तिललाई पहाड बनाई संस्था अलग गर्न उद्धत केही साथीहरुको पहिले देखिकै चाहान भै यो अवस्था सृजना भएको बेलामा सोही मितिमा समानान्तर खालका कार्यक्रमको पछाडि के स्वार्थ छ र यो कसको आदेशमा केका लागि गरिदै छ ?  त्यसैले सम्पुर्ण एन सि सि का अध्यक्ष ज्युहरुलाइ म निवेदन गर्छु कि संस्थालाई हित हुने कार्यक्रममा सहभागी हुनुहोस् नकि संस्थालाई बिभाजन गर्ने कार्यक्रममा तपाईंहरू आफुलाइ साक्षी नबन्न अनुरोध गर्दछु ।

यदी निर्वाचित नेतृत्व मान्न्नुहुन्छ भने अरुलाइ तपाईंको काधमा बन्दुक  राख्न नदिनुहोस् । कसैको निजि स्वार्थका लागि गरिने अभियानबाट टाढा बस्नुहोस र एनआरएन लाई यो दुषित बाताबरणबाट बचाउने अभियानमा लाग्नुहोस । 

तसर्थ संस्थालाई संस्था झै चलाऔ । बिधानलाई मान्दै सामूहिक हितमा लागौ । संस्था रहे तपाई हामी सबै रहन्छौ – यती राम्रो संस्थालाई केही भड्कावमा लागी क्षतबिक्षत बनाउन लाग्दा कसैलाई पनि भलो हुदैन । 

यहाँकै,  

सुनिल रानाभाट  

आईसीसी सदस्य, स्पेन

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित