प्रधानमन्त्रीको विश्वास र अपेक्षा एनआरएनएको नेतृत्व कुलको काँधमा

प्रधानमन्त्रीको विश्वास र अपेक्षा  एनआरएनएको नेतृत्व कुलको काँधमा
युरोपनेपाली खबर २०७८ कार्तिक १८ बिहीबार, 4-11-2021


प्रधानमन्त्री शेरबहादुर देउवा युकेको ग्लास्गोमा सम्पन्न विश्व जलवायु सम्मेलनमा भाग लिएर स्वदेश फर्किसकेका छन् । सयभन्दा बढी देशका राष्ट्र र सरकार प्रमुखहरुको सहभागिता रहेको सम्मेलनलाई देशको तर्फबाट देउवाले दर्विलो औपचारिक सम्बोधन त गरे नै अनौपचारिक र साइड लाइन भेटवार्ताहरु झन् महत्त्वपूर्ण रहन गएको देखिन्छ । उनले अमेरिकी राष्ट्रपति जो वाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, संयुक्त राष्ट्र संघका महासचिव एन्तानियो गुटरेस, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत कयौं विश्व नेताहरुसंगको औपचारिक अनौपचारिक भेटवार्ता र बलियो  प्रस्तुतिले विश्व रगमंचमा नेपालको भूमिकालाई बढोत्तरी गरेको कुरामा कुनै शंका छैन ।

यी त भए देउवाले विदेशी नेताहरुसंग गरेका भेटघाटहरु । तर गैरआवासीय नेपालीहरु बीच पनि उनको बेलायत भ्रमण बहुचर्चित बन्यो । खासगरी उनले गैरआवासीय नेपालीहरुका अधिकार र अपेक्षाका बारेमा कुनै लप्पनछप्पन नगरी सरल र स्पष्ट भाषामा बताइ दिए । विदेशी नागरिकता लिइ सकेका नेपालीहरुलाई नेपालको राजनीतिमा धेरै चासो नराख्न भने बरु उतैको राजनीतिमा सहभागिता जनाउन सुझाए । तर गैरआवासीय नेपालीहरुलाइ  सामाजिक, आर्थिक र साँस्कृतिक अधिकार ग्यारेन्टी रहने कुरामा प्रतिबद्धता जनाए । बृटिस गोर्खाजहरुको अधिकारको लडाइँमा बेलायती रक्षामन्त्रीसंग नेपालको अडान स्पष्टसंग राखेर उनले अधिकारको लडाइँलाई  थप बलियो बनाए ।

यतिमात्र होइन कचल्टिएर अनिश्चयको भुवरीमा फसिरहेको एनआरएनएको दसौं महाधिवेशन  र नेतृत्वको बारेमा पनि प्रधानमन्त्री देउवाले खुलस्त बोले । एनआरएनएको गतिशीलता, विकास र सुदृढीकरणको लागि कुल आचार्यको नेतृत्व अपरिहार्य रहेको स्पष्ट सन्देश दिए । आचार्यप्रति नेपाल सरकार र प्रधानमन्त्रीले गरेको दर्विलो विश्वास, भरोसा र अपेक्षाले एनआरएनएको नेतृत्वका लागि कुललाई थप शक्ति आर्जन भएको र आत्मविश्वास बढेको रूपमा बुझ्न सकिन्छ । बेलायत भ्रमणको सन्दर्भमा देशका प्रधानमन्त्रीसंग  कुल आचार्यको व्यक्तिगत रूपमा पनि सामीप्यता प्रगाढ बन्नुले एनआरएनए अभियानमा थप सहयोग पुग्ने र अभिवृद्धि हुने विश्वास र अपेक्षा गरिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित