के खिचडी पाक्दैछ एनआरएनए ? घोषित मितिमै निर्वाचन हुने गरी अन्य कार्यतालिका स्थगित

के खिचडी पाक्दैछ एनआरएनए ? घोषित मितिमै निर्वाचन हुने गरी अन्य कार्यतालिका स्थगित
युरोपनेपाली खबर २०७८ मंसीर २९ बुधबार, 15-12-202


गैरआवासीय नेपाली संघ (एनआरएनए) ले डिसेम्बर २६ र २७ तारिखलाइ घोषणा गरेको निर्वाचनको मिति नबदली अन्य कार्यतालिका भने स्थगित गरेको छ । अध्यक्षका प्रत्यासी डा. बद्रि केसी, कुल आचार्य र रबीना थापाबिच सहमतिकालागि अन्तिम प्रयास गर्ने भन्दै निर्वाचनका अन्य प्रक्रिया स्थगित गरिएको बुझिएको छ ।

तर एनआरएनए निर्वाचन समितिले प्रकाशित गरिएको सुचनामा भने एनआरएनएको निर्वाचनकालागि उपलब्ध हुनुपर्ने मतदाता सुची पूर्णरुपमा प्राप्त नभैसकेकाले छानबिन प्रक्रिया प्रभावित भएको १५ डिसेम्वर बुधवार प्रकाशित सुचनामा जनाईएको छ ।

छानबिन प्रक्रिया प्रभावित भएको कारण देखाउँदै निर्वाचन समितिले यस अघि प्रकाशन भएका निर्वाचन मिति बाहेकका सबै कार्यतालिका स्थगित गरेको उल्लेख गरेको छ । नयाँ निर्वाचन प्रक्रियाको कार्यतालिका पछि प्रकाशित गरिने जनाईएको छ । 

एनआरएनए स्रोतका अनुसार एनआरएनएको आगामी नेतृत्वकालागि खास गरी अध्यक्ष पदका प्रत्यासी डा. केसी, कुल आचार्य र रबीना थापाबिच सहमतिको प्रयास चलिरहेकाले उमेदवारी मनोनयन, दाबी बिरोध लगायतका निर्वाचन प्रक्रिया स्थगित गरिएको हो ।

सहमतीका लागि बुधवार साँझपनि त्रिपक्षिय उमेदवारहरु राखेर पूर्व अध्यक्षहरु र अध्यक्ष कुमार पन्त बिच छलफलको प्रयास भएको छ।

सहमती गर्न केहि दिन लाग्नसक्ने हुनाले निर्वाचनको मितिलाई यथावत राखी निर्वाचनका अन्य प्रक्रिया स्थगित गरिएको हो । उमेदवारी मनोनयन, दर्ता, प्रतिनिधिको अन्तिम नामावली प्रकाशन र दाबि बिरोधलाई सहमतिपछि प्रकाशन गरिने छ । सहमति नभए निर्वाचन प्रक्रियाका लागि फेरि सूचना जारी गरिने श्रोतले बतायो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित