फिफा अवार्डको अन्तिम मनोनयनमा मेसी, लेवान्डोस्की र सलाह

फिफा अवार्डको अन्तिम मनोनयनमा मेसी, लेवान्डोस्की र सलाह
युरोपनेपाली खबर २०७८ पुष २४ शनिबार, 08-01-2022


एजेन्सी । फिफाले 'द बेस्ट फिफा पुरूष वर्ष खेलाडी' अवार्डका लागि मनोनित अन्तिम तीन जनाको नाम सार्वजनिक गरेको छ ।

शुक्रबार विश्व फुटबल महासंघ (फिफा)ले महिला र पुरुष दुवैतर्फको उत्कृष्ट खेलाडीको नाम सार्वजनिक गरेको हो।

पुरूषतर्फको फिफा वर्ष खेलाडीको मनोनयनमा अर्जेन्टिना तथा पीएसजीका फरवार्ड लियोनेल मेसी, पोल्याण्ड तथा बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की र इजिप्ट तथा लिभरपुलका मोहम्मद सलाह छन्।

मनोनयनमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, केलियन एम्बाप्पे अटाएनन्।

मेसीले २०२१ को बालोन डे’ओरको उपाधि पनि जितेका थिए भने लेवान्डोस्की दोस्रो भएका थिए। सलाह भने सातौं स्थानमा थिए। 

फिफाको महिलातर्फको उत्कृष्ट खेलाडीमा स्पेन तथा बार्सिलोनाका जेनिभर हर्मोसो र एलेक्सिया पुटेलास र अष्ट्रेलिया तथा चेल्सीकी साम केर मनोनयनमा परेका छन्। 

यस्तै वर्ष पुरूष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डीवाला, रोबर्टो मान्सिनी र थोमस टुचेल छन् । महिला प्रशिक्षकतर्फ लुइस कोर्टेस, एम्मा हाएस र सरिना विग्मान रहेका छन् ।

वर्ष गोलकिपर अवार्डका लागि म्यानुएल नुएर, इडुवार्ड मेन्डी र जियानलुगी डोनारुम्मा परेका छन् ।

त्यस्तै वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि एरिक लामेला, प्याट्रिक सिच र मेहदी तारेमी शीर्ष तीनमा छन् ।

फिफासँग आबद्ध विश्वका प्रत्येक राष्ट्रिय टोलीको कप्तान र प्रशिक्षकले वर्षको उत्कृष्ट खेलाडीको लागि अंक दिन पाउँछन्।

उनीहरुकै भोटको आधारमा वर्ष खेलाडी तय गरिन्छ। 

जनवरी १७ मा फिफा वर्ष खेलाडीको घोषणा हुनेछ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित