वर्तमान कार्यसमितिले निर्वाचन गराउँछ, उच्चस्तरीय समितिले होइन : डा. हेमराज शर्मा, महासचिव, एनआरएनए

वर्तमान कार्यसमितिले निर्वाचन गराउँछ, उच्चस्तरीय समितिले होइन  :  डा. हेमराज शर्मा, महासचिव, एनआरएनए
युरोपनेपाली खबर २०७८ माघ ३ गते सोमबार, 17-01-2022


पोर्चुगल ।  गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माले शनिबार गठन गरिएको एनआरएनएको उच्चस्तरीय समितिले निर्वाचन र महाधिवेशन गराउने सहमती नभएको बताएका छन् । महाधिवेशन वर्तमान कार्यसमितिले र चुनाव निर्वाचन समितिले गराउने उनले स्पष्ट पारे ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८१ औ बैठकद्वारा गठन गरिएको उच्च स्तरिय समितिको टिओर तयार पारेर दर्जनौ पटक संशोधन गरेर अन्तमा सबैलाई मान्य हुने ४ बुदाँमा सम्भावित उम्मेदवारहरुले सहमत जनाएको बताउँदै महासचिव शर्माले समितिले अधिवेशन र निर्वाचन गराउने कुनै सहमति नभएको  बताए । 

 यसअघि केही मिडियाहरुमा अधिवेशन र निर्वाचन उच्चस्तरीय समितिले गर्ने  समाचारजरु आएका थिए । तर महासचिव शर्माले आचार्यको ती समाचारहरुको खण्डन गर्दै समितिले नभई कार्यसमितिले नै निर्वाचन गर्ने  बताएका हुन् ।

शर्माले नेपाल पत्रकार महासंघ यूरोप शाखाले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रमलाई आइतवार सम्वोधन गर्दै  उच्चस्तरीय समितिलाई महाधिवेशन प्रतिनिधि विवाद मिलाउन मात्र  जिम्मेवारी दिएको प्रष्ट पारे । 

उनले  भने सहमति  हस्ताक्षर गरे पछि फेरी पछि फर्केर मैले भने जस्तै हुनु पर्छ भन्नु उचित होईन । सहमती भाड्न होईन कार्यान्वयन तिर लागौ।’ शर्माले पछिल्लो सहमतिले संघको निर्वाचन गर्ने वातावरण बनेको बताए । 

यसअघि संघको बैठकले संघका पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा महाधिवेशन प्रतिनिधि विवाद मिलाउन एक उच्चस्तरिय समिति गठन गरेको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित