एनआरएनए स्वास्थ्य समिति विस्तार (नामावली सहित)

एनआरएनए स्वास्थ्य समिति विस्तार (नामावली सहित)
www.europenepalikhabar.com २०७९ जेठ २ गते सोमबार, 16-05-2022


लिस्बन । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समिति विस्तार गरिएको छ ।

समितिका अध्यक्ष डा. संजिव सापकोटाले आइतवार १५ सदस्सीय समितिको गठन गर्नु भएको हो ।   

समितिको सदस्य सचिवमा डा सुनिल शाह (बेलायत) चयन हुनुभएको छ । यस्तै समितिमा सुश्री एलिजा केसी (जापान) एशिया प्यासिफिक संयोजक, डा सागर पौडेल (नेपाल) नेपाल संयोजक, डा राजु अधिकारी (अष्ट्रेलिया) अष्ट्रेलिया एण्ड ओशियाना क्षेत्रीय संयोजक, डा पुष्पराज भट्टराई, (दक्षिण अफ्रिका) अफ्रिका संयोजक, प्रकाश श्रेष्ठ (अमेरिका) अमेरिका क्षेत्रीय संयोजक, डा बोधराज सुवेदी (चेक रिपव्लिका), युरोप क्षेत्रीय संयोजक, डा नितेश अर्याल, मध्यपूर्व क्षेत्रीय संयोजक, प्रभात अधिकारी (नेपाल), डा शर्मिला गुरुङ, (हङकङ), रीना केसी (अष्ट्रेलिया), डा. सरोज निरौला (क्यानडा), डा. लुसुन चालिसे (जापान र प्रसुना कँडेल (बेलायत) रहनुभएको छ । 

समितिको  सल्लाहकारमा गैरआवासीय नेपाली संघका उपाध्यक्षद्धय डा. हेम राज शर्मा, यासमिन बेगम सैयद, महासचिवद्धय गौरीराज जोशी, केशव पौडेल रहनुभएको छ ।  

समितिको ग्लोबल मिडिया संयोजकमा नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्ष चिरन शर्मा रहनुभएको छ । 

गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति

१५ मे २०२२

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित