सरकारको बजेट, नीति तथा कार्यक्रममा एनआरएनएको ८ बुँदे सुझाव

सरकारको बजेट, नीति तथा कार्यक्रममा एनआरएनएको ८ बुँदे सुझाव
www.europenepalikhabar.com २०७९ जेठ ८ गते आइतबार, 22-05-2022


लिस्बन । सरकार तर्फबाट चालु संसदमा प्रस्तुत हुने बजेट, नीति तथा कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ८ बुँदे सुझाव पेस गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यका अनुसार संघले गैरआवासीय नेपाली नागरिकता, लगानी, वैदेशिक रोजगार, नेपालको पुर्वाधार विकास लगायतका सम्बन्धमा ती सुझावहरु पेश गरेको हो ।

संघका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको सचिवालयमा पठाएको पत्रमा समावेश गरिएका बिषयहरु सम्बोधन भएमा नेपालमा लगानीको वातावरण सुदृढ हुनगई विदेशी मुन्द्राको सञ्चितिमा समेत बृद्धि हुने अध्यक्ष आचार्यले बताए ।

संघले गैरआवासीय नेपाली सम्बन्धी ऐन तथा नियमावली, विदेशी लगानी प्रविधि हस्तान्तरण ऐन तथा नियमावलीमा रहेको दुविधालाई हटाउन आग्रह गरेको छ ।

संघले गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिति रहेको मुलुकहरुमा नेपाली दूतावास तथा कुटनीतिक नियोग स्थापनाको लागि पहल गर्न आग्रह गरेको छ ।

संघले विदेशबाट नेपाल फर्किएका गैरआवासीय नेपालीहरुको जीविकोपार्जनको लागि नयाँ व्यापार, व्यवसाय सुरु गर्नको लागि ज्ञान, सीप तथा पूँजीको व्यवस्था गर्नको लागि नीति तथा कार्यक्रमतय गर्न अनुरोध गरेको छ ।

अध्यक्ष आचार्यले नेपालको संविधान २०७२ मा भएको व्यवस्था अनुसार गैरआवासीय नेपाली नागरिकता प्रदान गर्नका लागि तत्काल कानुन बनाई कार्यान्वयन गर्ने प्रतिबद्धता सहितको नीति तथा कार्यक्रममा बनाउन संघले सुझाव दिएको बताए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित