एनआरएनए नागरिकता विधेयक संसदमा, उपाध्यक्ष डा.शर्मा भन्छन् राहत मिल्यो

एनआरएनए नागरिकता विधेयक संसदमा, उपाध्यक्ष  डा.शर्मा भन्छन् राहत मिल्यो
www.europenepalikhabar.com २०७९ असार २५ गते शनिबार, 9-07-2022

 

गैरआवासीय नेपालीसंघ सम्बन्धी वियेयक संसदमा पेश हुने भएपछि संघका पदाधिकारीहरुले सरकारको निर्णयलाई सकरात्मक भएको बताएका छन् । 

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले गैरआवासीय नेपाली नगारिकता संसदमा पेश नहुने चर्चाकाबीच आएको प्रस्तावले राहत मिलेको प्रतिक्रिया दिएका छन् । 

संसदमा पेश हुने विधेयक  राज्य व्यवस्थापन समितिले संशोधन गरेको पछिल्लो प्रस्ताव नभई त्यस पुर्वको प्रस्ताव पेश भएको प्रतिभने संघका पदाधिकारी सशंकित देखिएका छन् । 

पुरानै प्रस्ताव अनुरुप संसदमा विधेयक पारित भएका गैरआवासीय नेपाली नागरिकता लिन नेपाली वा नेपालमा बोलिने मातृभाषा बोल्न जान्नु पर्ने, सफथ लिनु पर्ने, साविकको नागरिकता खिच्ने आदि व्यवस्था  कायम रहने छन् ।  

गैरआवासीय नेपाली नगारिकता लिन नेपालको नागरिकता त्याग गरेको प्रमाण पेश गर्नु पर्ने अव्यवहारिक प्रावधान भने कायम रहने छ । 

 सरकारले शुक्रवार संसदमा दर्ता भएको पुरानो नागरिकता सम्बन्धी विधेयकलाई फिर्ता लिएर नयां दर्ता गरेको हो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित