बैंककमा एनआरएनएको नवौ एसिया प्यासिफिक मिलाप क्षेत्रिय सम्मेलन जारी

बैंककमा एनआरएनएको नवौ एसिया प्यासिफिक मिलाप क्षेत्रिय सम्मेलन  जारी
www.europenepalikhabar.com २०७९ भदौ ११ गते शनिबार, 27-08-2022


बैंकक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नौं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन शुक्रबार देखि बैंकक, थाइल्याण्डमा शुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरको मुख्य आतिथ्यतामा कार्यक्रम जारी रहेको छ ।

“मिलाप” लाई मुख्य नारा बनाई शुरु भएको यो कार्यक्रमको मुख्य उद्धेश्य संघका सबै सदस्य बिच सहमती र एकता गराउनु भएको सम्मेलनका संयोजक पारसमणी प्रोख्रेलले बताए ।

उनका अनुसार सम्मेलनमा आयोजन गरिएका हरेक गतिविधिले मिलापका लागि गरिएको छ । कार्यक्रम अगष्ट २५ देखि २८ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा विभिन्न मुलुकमा रहेको संघ ३०० सदस्यको सहभागी हुने आयोजकहरुले जनाएका छन्   ।

कार्यक्रमको बारेमा जानकारी दिनको लागि आयोजना गरिएको पत्रकार सम्मेलन बोल्दै केन्द्रिय अध्यक्ष कुल आचार्यले सम्मेलनमा विभिन्न मुलुकबाट सदस्यहरु उपस्थित भएका छन् । यसले नै सबै बिच भेटघाट र मिलाप हुने अपेक्षा गरिएको उनले बताए । “यो मिलापको पहिलो चरण हो,” उनले भने ।

यद्यपी केही साथीहरुको केहि सन्तुष्टी छन् । उनीहरुलाई पनि मिलाएर सँग लैजाने मनसाय रहेको उनले बताए । केही साथीहरुको असन्तुष्टी थियो । त्यो पनि संस्थाको हितको लागि नै राखिएको असन्तुष्टी हो । तर, असन्तुष्टी लिएर बाहिर रहेका साथीहरुलाई पनि सँगै लैजाने छौ । “सबैल मन देखि नै एकता होस भन्ने चाहन्छौ,” उनले भने । यसका साथै एशिया प्यासिफिलक क्षेत्रमा भएका श्रमिकका समस्यामा बिच छलफल गर्नेछौ ।

त्यस्तै, केन्द्रिय अध्यक्ष रबिना थापा दशौ अधिवेशन नै मिलाप भएको बताईन् । थाईल्याण्मा त्यसलाई सेलिब्रेट गर्न आएको उनले भनीन् । “कोभिड पछिको यो हाम्रो पहिलो भौतिक उपस्थितीका साथ आयोजना भएको पहिलो कार्यक्रम हो,” उनले भनीन् । त्यसैले पनि हामीले यसलाई मिलापको रुपमा लिएका छौ ।

अर्का केन्द्रिय अध्यक्ष डा.बद्री केसीले हामीले आफनो व्यक्तिगत भन्दा पनि संस्थाको हितको लागि सोच्न सक्यो भने मिलाप हुनेछ । त्यसको उदाहरण भनेको काठमाडौको सम्मेलन भएको उनले बताए । साथीहरु बिच केही असन्तुष्टी भए पनि त्यसलाई माझेर मिलाप गर्नुपर्ने उनले सुझाए ।

नेपाल संस्कृतिको धनी हो । सँस्कृतिको नेपाललाई अझ ठूलो वृहत बनाउन संघ लाग रहेको उनले बताए । संघको २० बर्षको इतिहास छ । यो अवधिमा संघले जति धेरै कुरा दिएको छ त्यो अहिले आउँने अन्य संस्थाले दिन नसक्ने उनले बताए ।

दोस्रो विश्वयुद्ध ताका नै ६ लाख नेपाली थाईल्याण्डमा छन् । उनीहरुले थाईल्याण्डमा नेपाली सँस्कृतिलाई जोगाई रहेको छौ । धेरै बर्ष अगाडी नेपालीलाई भुटानबाट लखेटियो । नेपालमा केही समय बसेका शरणार्थी भुटानी पछि अहिले विश्वका विभिन्न मुलुकमा छन् । जसको संख्या एक लाख जति छ । उनीहरु पनि कहि कतै नेपालसँग जोडिन चाहन्छन् । उनीहरुलाई पनि नेपालसँग जोड्नका लागि मिलाप महत्वपूर्ण भएको अध्यक्ष डा.केसीले बताए ।

एशिया प्यासिफिक क्षेत्र भित्र मलेशियामा ५ लाख नेपाली छन् । जो कम पैसामा काम गरेका छन् । हंगकंग, कोरिया र जापानमा काम गर्नेले धेरै पैसा कमाएर रहेका छन् । तर, धेरै कमाउने होस वा थोरै कमाउने सबै श्रमिकको समस्या छ । ती सबै समस्यालाई छलफल गर्नका लागि पनि यो सम्मेलन आयोजना गरिएको अध्यक्ष डा.केसीले बताए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित