नेपाली पोर्चुगिज समाजद्वारा नर्वेको ओस्लोमा भव्य तीज धमका

नेपाली पोर्चुगिज समाजद्वारा नर्वेको ओस्लोमा भव्य तीज धमका
www.europenepalikhabar.com २०७९ भदौ २१ गते मंगलबार, 6-09-2022


प्रेम परियार/ओस्लो - ५ सेप्टेम्बर २०२२ का दिन नेपाली कला संस्कृतिकोको प्रबर्द्धन र संरक्षाणको नेपाली पोर्चुगिज समाज नर्वे (NEPOS)को आयोजना  र गुरुङ के.एन.एस. ईन्टरटेन्मेन्टको संयोजनमा नर्वेको राजधानी ओस्लोस्थित कसमोपोलिटे को हलमाआयोजित हरितालिका तीज बिशेष "साँस्कृतिक साँझ "भव्य सफलताको साथ सम्पन्न भएको छ ।

संसारको जुनसुकै भुभागमा रहेता पनि नेपाली पहिचान , नेपाली कला र संस्कृतिको जगेर्ना गर्नु हामी सबैको दायित्व र कर्तव्य सम्झी यसवर्ष पनि

नर्वेमा रहेका नेपालीहरुलाई समेट्टदै सामूहिक तीज कार्यक्रम गरिएको रूपमा विगत लामो समय देखी तीज विशेष कार्यक्रममा गर्दै आएको यो ९ औ वर्ष हो । यसवर्ष नेपालबाट चर्चित कलाकारहरु  कालीप्रसाद बास्कोटा र तृष्णा गुरुङसाथ स्थानीय कलाकार बिष्णु क्षेत्री, बाल कलकार विध्या क्षेत्री,र ईमान मगरद्वारा कमेडी नृत्यद्वारा  मंत्रमुग्ध पार्नु भएको थियो ।

आयोजक संघको तर्फबाट कार्यक्रममा उपस्थितलाई नेपोसका उपाध्याय रामबहादुर गुरुंगले स्वागत मन्तव्य दिनु भएको थियो । विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधि समेत रहेको सो कार्यक्रम संचालन संस्थाका  महासचिव ईश्वरीप्रसाद खनालले गर्नु भएको उक्त कार्यक्रममा संयोजक किरण गुरुङले गर्नु भएको थियो ।

संयोजक गुरुंगले महिला दिदीबैनीहरुलाई हरितालिका तीजको विशेष महत्व बारे प्रकास पार्दै उपस्थित दर्शक लाई तीजको शुभकामना मन्तव्य दिनु भएको थियो । 

नर्वेमा स्थापित विभिन्न नेपाली संघ संस्था र नेपाली समुदाय बीच कला संस्कृतको माध्यम द्वार भाई चाराको सम्बन्ध अभीब्रिद्वी गर्दै लैजाने उध्येश्य ले स्थापित राजनीतिक बाट अलग बिसुद्व सामाजिक संस्था नेपोसले विदेशमा रहेर पनि आफनो नेपाली पहीचान झल्काऊने दाज़ु भाईले दीदी वाहिनी हरुलाई नेपाली परिकार दर खुवाऊने परम्परा लाई निरन्तरता दिदै आई रहेको छ जसले गर्दा नेपाली समाजमा आपसी सद्भावको विकास हुने बिगतका विभिन्न चरणमा गरिएका  कार्यक्रमले पॉर्चुगीज़ समाज मात्र नभै सबै नेपाली हरुको साझा संस्थागत  रूपमा विकास हूँदै गएको सामाजिक अभियानत संस्थाका अग्रज र  पदाधिकारीको दाबी रहेको  संघले जनाएको छ । 

कलाकार तृष्णा साँझ ५ बजे देखी सुरु गरिएको सो कार्यक्रम चर्चित गायिका तृष्णा गुरुंग संगीति क्षेत्रमा निर्णायक भूमिका निर्वाह गर्दै आऊनु भएका बरिष्ट कलाकार काली प्रसाद बासकोटाको बेजोड़ प्रस्तुतिले हलमा दर्शकहरुको खचाखच भीड़मा नाचगान गर्दै भरपुर मनोरंजन लिनु भएको थियो । सांस्कृतिक साँझ संगै नेपाली परिकार परिकारको स्वाद लिदै हलको वरपर नेपाली भेष र पहिरनमा सजिएर आएका दिदी बैनी हरुको बाक्लो उपास्थिले विदेशी भूमिमा नेपाली पहिचानले गर्व र ऐतिहासिक कार्यक्रम पूर्ण सफल रहेको धेरैले अनुमान गरेका थिए । 

कार्यक्रमको अन्त्यमा ब्यबस्थित गर्न खटिएका स्वयं सेवक स्थानीय कलाकार र नेपाल बाट आउनु भएका कलाकार द्वय काली प्रसाद बासकोटा र तृष्णा गुरुंग लाई प्रमुख अतिथिएनआरएन अध्यक्ष जीवन बहादुर (प्रबिन)शाही, र नेपोस अध्यक्ष नारायण सिंह थापाले मायाको चीनोका साथ प्रमाण पत्र बितरण गर्नु भएको थियो । सो क्रममा नेपाल बाट आऊनु भएको कलाकारलाई ग़ैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद नर्वेको तर्फ बाट उपाध्यक्ष नवराज (राजन ) अधिकारीले  खादा लगाई सम्मान गर्दै मायाको चीनो प्रदान गर्नु भयो । 

अन्त्यमा नेपोसका अध्यक्ष नारायण सिंह थापाले कार्यक्रम भव्य सभ्य बनाई सफल पारी दिनु हुने  सबै प्रति आभार ब्यक्त गर्दै आगामी दिनमा पनि हाम्रो संस्था नेपोस यहाँहरुको सहयोगको अपेक्षा गर्दै तीज पर्वको सबैलाई शुभकामना मन्तव्य दिदै औपचारिक कार्यक्रम को अन्त्य गर्नु भएको कार्यक्रममा झंडै ५५० जनाको उपस्थित रहेको सो कार्यक्रम  साँझ ९ बजे सम्म चलेको सो कार्यक्रम नेपोसका महासचिव ईश्वरी प्रसाद खनाल ले संचालन गर्नु भएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित