एनआरएनए विधान शंसोधनमा गरमागरम बहस, चुनाव हुनुपर्ने माग

एनआरएनए विधान शंसोधनमा गरमागरम बहस, चुनाव हुनुपर्ने माग
www.europenepalikhabar.com २०७९ भदौ २१ गते मंगलबार, 6-09-2022


पोर्चुगल । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद विधान समितिको बैठक सोमबार सम्पन्न भयो । बैठकमा बिधानमा आवश्यक संशोधन तथा परिमार्जनका लागि सुझाव संकलन तथा बृहत् छलफल भर्चुअल माध्यमबाट भयो । 

संघका उपाध्यक्ष एवम् समितिका संयोजक डा. हेमराज शर्माको अध्यक्षतामा सम्पन्न उक्त बैठक समितिका सदस्य सचिब एबम संस्थाका केन्द्रीय सचिव गंगाधर गौतम र संघका उपाध्यक्ष एवम् सदस्य नारायणप्रसाद आचार्यले सञ्चालन गरेका थिए ।

संघको विधानमा आवश्यक संशोधनका बिषयमा संघका अध्यक्ष कुल आचार्य, डा. बद्री केसी र रबिना थापाले बैठकको सुरुवात गरेका थिए भने बैठकको अन्त्यमा आफ्नो धारणा राख्दै आगामी अक्टोबर १२ र १३ मा हुने काठमाडौको संघको साधारणसभा तथा बिधान सम्मेलनमा बिधान पारित गर्न आवश्यक बैधानिक प्रक्रिया पुरा गर्न छिटोभन्दा छिटो बिधानको ड्राफ्ट आइसिसीमार्फत अनुमोदनसहित अगाडि बढाउनु पर्ने हुँदा बिलम्ब नगरी बिधानको संशोधित प्रस्ताव समितिमा प्रस्तुत गर्न आग्रह गरेका थिए ।

संघका महासचिवद्वय गौरीराज जोशी र डा. केशव पौडेलले बैठक पुरै अवधिभर बीचमा उठेका केही बिषयसहित स्पष्ट रुपमा बिधानमा गर्नुपर्ने परिवर्तनका लागि लिखित एबम मौखिक धारणा राख्दै विधान समितिका सम्पूर्ण गतिविधिमा आफ्नो पूर्ण साथ सहयोग रहने बताए । 

विधानलाई आवश्यक परिमार्जन गरी आगामी ११ औं महाधिवेशन सबै गैरआवासीय नेपालीहरुको एकताको महाधिबेशन बनाउनसमेत बिधान संशोधनको विषयमा व्यापक छलफल हुनुपर्ने उनीहरुको धारणा थियो । 

विधानको पछिल्लो मसौदा तयार भई सुझावका लागि एनसीसीहरुलाई समेत पत्राचार गरिएको र सोको आवश्यकता र औचित्यबारेमा समितिका सदस्य एबम उपाध्यक्षहरु महेश श्रेष्ठ, भुषण घिमिरे, नरेन्द्र भाट, नारायणप्रसाद आचार्य र यास्मिन बेगम सैयदले स्पस्ट पारेका थिए ।

संघको गत १०औं केन्द्रिय महाधिवेशन तथा बिश्व सम्मेलन तत्कालीन बिधानमा रहेको महाधिवेशन प्रतिनिधि सम्बन्धी व्यवस्था र अनलाइन प्रणालीका कारण पेचिलो र प्रक्रियामा सहमति जुट्न नसक्दा निर्वाचन प्रक्रिया बिना संघको बन्द सत्रले एक अध्यक्ष मन्डल गठन गरी सहमतिमा बहुपदीय र सामुहिक नेतृत्वमा संघलाई लैजाने गरी समिति घोषणा गरिएको थियो ।

मौजुदा बिधानलाई अत्यन्तै जिम्मेवार ढङ्गले अध्ययन गरी सस्थाको एकता र आगामी ११औं अधिबेशनको सुनिश्चिततामा ग्यारेन्टी गराउने गरी संशोधनसहित बिधान समितिले बिधान प्रस्तुत गर्न आग्रह गर्दै १ सय २५ भन्दा बढी बक्ताहरुले आफ्नो धारणा राखेका थिए।

धारणा लिखित एबम मन्तव्य मार्फत राख्नेहरुमा कार्यकारी निर्देशन रबि किरण अधिकारी, पदाधिकारी एबम अभियन्ताहरु,डा। यादव पन्डित, दुर्गा आचार्य, डिबि क्षेत्री रोशन थापा, नारायण काफ्ले,देवी बस्नेत, रामशरण सिम्खडा, प्रविन गुरुङ, गोबिन्द गौतम, सोम सापकोटा, ओम गुरुङ, शंकर खड्का, लोकप्रसाद दाहाल, सुनिल शाह, चिरञ्जीवी घिमिरे, नारायण सुवेदी, बिमला सापकोटा, राजन त्रीपाठी, सोम सापकोटा, टीका गुरुङ (राधिका) नबराज रोसायरा, रोबट लिम्बु, राजकुमार थापा, टन्क गैरे, आस्था बिन्दु मल्ल, प्रेम सापकोटा, सीता अर्याल, हेम पान्डे, गुणराज शर्मा, खेमराज बस्नेत, दिपिका भुसाल, दिलु पराजुली, राजु सैयद, नेतृत्व केसी, देबराज उप्रेती, दिनेश घिमिरे, शैलेन्द्र चापागाईं, शशी श्रेष्ठ,अमृता थापा कन्चन, दिलिप, भीमलाल भट्टराई, खड्कबहादुर केसी, चिरञ्जीवी खड्का, बुद्धि सुवेदी, दिपक गौतम, शैलेन्द्र अधिकारी, नन्द गुरुङ, राजकुमार पाठक, प्रबिन शाही (जीवन) सालिक राम डुम्रे, रबिन अधिकारी, मोहमद मुकतबा, शिव पौडेल, कुन्दन कार्की, बिनोद कार्की, राधा पोखरेल, दिपक खड्का, प्रज्वल सुवेदी, राम देबकोटा, नेत्र केसी, रामु श्रेष्ठ, पत्रकार भागिरथ योगी, ओम शर्मा, चिरन शर्मा, बिपिन निरौलालगायतले धारणा राखेको थिए।

सुझाव संकलन कार्यक्रममा बिश्वभरका विभिन्न मुलुकमा संघका साधारण सदस्यहरु, पत्रकार, विद्यार्थी, बुद्धिजिवी एवम् संघमा पदीय जिम्मेवारीबाट बाहिर रहेर सदैव संघलाई  सहिमार्गमा लैजान प्रेरित गर्ने अग्रज तथा शुभचिन्तकहरुले समेत धारणा राखेका थिए ।

नेपाल समय साँझ ७ बजेबाट सुरु भइ बिहान ७ बजे समापन भएको सुझाव संकलनको बैठकको समापनमा बैठकको सम्पूर्ण समरी गरी संयोजक तथा सदस्यसचिवद्वारा बैठकको अन्त्य गरिएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित