एनआरएनए यूकेको विशेष साधारणसभा अक्टोवर २ मा, प्रवक्ता भरतमणि चोङवाङ निलम्बन

एनआरएनए यूकेको विशेष साधारणसभा अक्टोवर २ मा, प्रवक्ता भरतमणि चोङवाङ निलम्बन
www.europenepalikhabar.com २०७९ भदौ २९ गते बुधबार, 14-09-2022


लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले विशेष साधारणसभाको आब्हान गरेको छ । अध्यक्ष प्रेम गाहामगरलाई संघले मंगलवार बर्खास्त गरेपछि एनआरएनए यूकेका उपाध्यक्ष मोहन कार्कीको अध्यक्षतामा बसेको बैठकले आगामी अक्टोवर २ तारिखभित्र संघको विशेष महाधिवेशन बोलाउने निर्णय गरेको हो ।

बैठकले यसअघि संघका महासचिव खुशी लिम्बुमाथि गरिएको कारवाही विधान विपरित भएको भन्दै उनलाई पुनः महासचिवको जिम्मेवारी समाल्न आग्रह गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले संघका प्रवक्ता भरतमणी चोङबाङले संघका बिरुद्ध भ्रम फैलाउने काम गरेको भन्दै प्रवक्ताबाट निलम्बन गरेको छ । निलम्बनमा परेका चोङबाङलाई कार्यसमितिले चित्तबुझ्दो स्पष्टिकरण माग्ने र तत् समयसम्मका लागि प्रवक्ताको कार्य उपाध्यक्षहरुको निर्देशनमा महासचिवबाटै सम्पादन गरिने निर्णय भएको छ ।

बैठकमा एनआरएनए यूकेका छ जनै उपाध्यक्ष र पदाधिकारीहरु सहित कार्यसमितिका जम्मा २२ जना सदस्यहरु जूममा उपस्थित थिए । बैठकमा बोल्ने वक्ताहरुले आइसीसीको पत्रअनुसार संघको विधान पालना गरेर अघि बढ्न पर्ने विचार व्यक्त गरेका थिए । बैठकले विशेष साधारणसभाको मिति र स्थान तोक्न उपाध्यक्षहरुलाई जिम्मा दिएको महासचिव खुशी लिम्बुलेजानकारी दिए ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित