राजकुमार थापा/युरोपनेपाली खबर । आगामी मंसीर ४ गते हुने संघीय ससद प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि देशव्यापी उम्मेदवारको मनोनयन प्रक्रिया सम्पन्न भैसकेको छ ।
यसैबीच प्रदेश नम्बर १ को एउटा महत्त्वपूर्ण पहाडी जिल्ला संखुवासभामा पनि प्रतिनिधि सभा र प्रदेशसभाका लागि प्रमुख राजनैतिक दल र स्वतन्त्र गरेर ३० जनाको मनोनयन दर्ता भएको छ ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी सो संख्यामा मनोनयन दर्ता गरेका हुन् ।
प्रतिनिधिसभा सदस्यतर्फ १२ र प्रदेशसभा सदस्यतर्फ १८ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।