मध्यरातमा डा. उपेन्द्र महतोको ठाडो हस्तक्षेप : एनआरएनएमा अनलाईन भोटिङ नमान्नु

मध्यरातमा डा. उपेन्द्र महतोको ठाडो हस्तक्षेप : एनआरएनएमा अनलाईन भोटिङ नमान्नु
www.europenepalikhabar.com २०७९ असोज २५ गते मंगलबार, 11-10-2022


काठमाडौ  । काठमाण्डौंमा जारी गैरआवासीय नेपाली संघको साधारणसभामा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले ठाडो हस्तक्षेप गरेका छन् । 

गैरआवासीय नेपाली संघको लगातार दुईवटा विश्व सम्मेलनमा बहिस्कार गरेका डा. महतोले मंगलवार राति काठमाण्डौंको एक होटलमा केही एनआरएनए पदाधिकारी जोडेर संघको नेतृत्वमा अनलाइन मार्फत नगर्न निर्देशन दिएका हुन्। संघभित्र विधान संशोधनको विषय पेचिलो बन्दै गर्दा डा. महतोलाई बोकेर निवर्तमान कार्यकारी अध्यक्ष कुल आचार्य सो होटलमा पुगेका थिए । 

आचार्यले संघकी वर्तमान कार्यकारी अध्यक्ष रविना थापालाई बाहिरै राखेर डा. महतोेलाई राखेर अनलाइन मतदानको बिरुद्धमा विधान पारित गराउन प्रयास गरे पछि साधारणसभा भाडिने अवस्थामा पुगेको छ ।  अनलाइन भोटिगंको पक्षमा रहेकी थापालाई डा. महतो र आचार्यले अवमुल्यन गर्दै एक पक्षीय निर्णय गर्ने तयारी गरेका हुन् । उनीहरुले थापा नाममात्रको कार्यकारी रहेको संस्थापक अध्यक्षको निर्णयनै अन्तिम हुने भन्दै अनलाइन भोटिगं खारेज गर्ने निर्णयमा पुगेका हुन् । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र विधान संशोधनमा सोमवार तिब्र विवाद हुदाँ वर्तमान कार्यसमिति भंग गरेर तर्दश समिति गठन गर्न माग गरेका थिए । 

साधारणसभामा संघका अधिकांश पदाधिकारी अनलाइन भोटिङको पक्षमा उभिदा संघका एकजना अध्यक्ष अनलाइन मतदानलाई अस्वीकार गरे पछि विवाद श्रृजना भएको थियो । 

सोमवार राति सम्म चलेको साधारणसभामा विधान संशोधनको पक्षमा बोल्दै संघका उपाध्यक्ष डिबी क्षेत्रीले सदस्यहरुको भावना नबुझेर अझै पनि विवाद श्रृजना गर्ने हो भने वर्तमान कार्यसमितिको औचित्य नरहेको तर्क गरे । 

विधान संशोधन समितिको सर्वसम्मत निर्णयलाई आचार्यले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले अनलाइन भोटिङ नगर्नु भन्नु भएको भन्दै सो प्रस्तावलाई अस्वीकार गरे पछि साधारणसभा अनिर्णयको बन्दी बनेको थियो ।

साधारणसभामा बोल्दै संघका उपाध्यक्ष महेश श्रेष्ठले अनलाइन भोटिङमा जान नहुने कारणको मा गरेका थिए । उनले अहिलेको जमना प्रविधि र डिजिटल भएको भन्दै अनलाइन मार्फत मतदानको माग गरे । 

साधारणसभामा अनलाइन भोटिङ र प्रतिनिधि छनोटका बारेमा आचार्यले तगारो लागेका थिए । विधान समितिले सो संशोधन प्रस्ताव  संघका अध्यक्षद्धय रविना थापा र डा. बद्री केसी, महासचिवद्धय डा.गौरीराज जोशी, डा. केशव पौडेलको समेत पूर्ण सहमतिमा संशोधन पेश गरेको थियो । 

साधारणसभामा बोल्दै संघका युवा उपाध्यक्ष रोशन थापाले संस्थामा पूर्वअध्यक्षहरुको रवैयाका कारणले संकटमा परेको भन्दै पूर्वअध्यक्षहरुलाई टाढै बस्न सुझाव दिएका थिए । उनले संस्थापक अध्यक्ष डा. महतोलाई आफ्ना भनाईहरु संस्थाभित्र आएर राख्न चुनौती दिए । 

विधान संशोधनमा सहमित नजुटे पछि कार्यकारी अध्यक्ष रविना थापाले साधारणसभा भोलि सम्म अध्यक्षत्रयका बीच सहमति खोजिने सहमति नभएका पुरानै विधान अनुरुप निर्वाचन हुने भन्दै सभा स्थागित गरेकी थिइन् । 

साधारणसभामा उपस्थित एक पदाधिकारीले आचार्यको नियत र क्षमतामाथि प्रश्न उठेको बताए । गत १० औं महाधिवेशनमा सत्ताको दम्भ देखाएर महाधिवेशन भाड्ने काम भयो, अहिले फेरी संस्थापक अध्यक्षको नाम विवादमा पारियो उनले बताए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित