एनआरएनए खेलाडीलाई थप सफलता, एस्लीले पौडीमा जितिन् चौथो स्वर्ण

एनआरएनए खेलाडीलाई थप सफलता, एस्लीले पौडीमा जितिन् चौथो स्वर्ण
www.europenepalikhabar.com २०७९ असोज ३० गते आइतबार, 16-10-2022


अमेरिकाको क्यालिफोर्नियाबाट आएकी एस्ली सापकोटा डंगोलले १० मिनेट ३०.६४ सेकेन्डको समयसहित महिला ८ सय मिटर फ्रिस्टाइलमा आइतबार स्वर्ण पदक जितेकी छन् ।

एनआरएनएकी (गैरआवासीय नेपाली संघ) यी १६ वर्षीया पौडी खेलाडीले नवौं राष्ट्रिय खेलकुद २०७९ मा जितेको यो चौथो स्वर्ण हो ।

प्रतियोगितामा चौथो स्वर्ण जिते पनि एस्ली गौरिका सिंहले तीन वर्ष बनाएको ९ मिनेट ३९.२२ सेकेन्डको राष्ट्रिय कीर्तिमानबाट भने टाढै रहिन् । फिस्टेल एकेडेमीको स्वीमिङ पुल (२५ मिटरको सर्ट कोर्स) मा सम्पन्न ८ सय मिटर फ्रिस्टाइलमा पुलिसकी आर्या महर्जनले १० मिनेट ४१.६२ सेकेन्डसाथ रजत र पुलिसकै समीरा शो थापामगरले १० मिनेट ५७.६४ सेकेन्डसहित कांस्य पदक हात पारे ।

कीर्तिपुरका सन्जय लाल डंगोल र झापाकी रेनुका सापकोटाकी छोरी एस्लीले पौडीको पहिलो दिन शनिबार महिलाको ५० मिटर बटरफ्लाई, १ सय मिटर फ्रिइस्टाइल र २ सय मिटर ब्याकस्ट्रोकमा गरी तीन स्वर्ण हात पारेकी थिइन् ।

उनले ५० मिटर बटरफ्लाईमा ३० सेकेन्डमा पूरा गर्दै आर्मीकी डुआना लामालाई पछाडि पार्दै सफलता हात पारेकी थिइन् । उनले १ सय मिटर फ्रिइस्टाइलमा १ मिनेट १.४२ सेकेन्ड र २ सय मिटर ब्याकस्ट्रोकमा २ मिनेट ३६.०४ सेकेन्ड लगाएर स्वर्ण पदक कब्जा गरेकी थिइन् ।पौडीको दोस्रो दिन आइतबार उनी थप स्पर्धामा पनि स्वीमिङ पुलमा उत्रिँदैछिन् ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित