नवौं राष्ट्रिय खेलकुद : अहिलेसम्म एनआरएनए टीमलाई २२ पदक, जसमा ९ स्वर्ण, ७ रजत र ६ कास्य

नवौं राष्ट्रिय खेलकुद : अहिलेसम्म  एनआरएनए टीमलाई २२ पदक, जसमा ९ स्वर्ण, ७ रजत र ६ कास्य
www.europenepalikhabar.com २०७९ कार्तिक २ गते बुधबार, 19-10-2022


युरोपनेपाली खबर, पोर्चुगल । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली संघ (एनआरएनए) टीमले हालसम्म २२ पदक हात पारेको छ ।

गैरआवासीय नेपाली संघका एकजना खेल व्यवस्थापक जीवन सेनका अनुसार संघका खेलाडीहरुले ९ स्वर्ण, ७ रजत र ६ कास्यजितेका छन् । जसमा स्वीमिङ्गमा ९ स्वर्ण ६ रजत, १ कास्य, फुल कन्ट्याकमा १ कास्य, टेक्वाण्डोमा १ रजत, बक्सिङमा १ कास्य, ब्याडमेटनमा १ कास्य, टेबल टेनिसमा २ कास्य गरेर कुल २२ पदकमा जित हासिल गरेका हुन्  ।

संघका खेलाडीहरुलाई हौसला दिन पोखरा रंगशालामा पुगेकी अध्यक्ष रविना थापाका अनुसार संघको लागि खेल्न संसारका बिभिन्न देशबाट पुगेका खेलाडीहरुको उत्साहजनक प्रर्दशन गरेका छन् ।

एनआरएनकी एस्ले सापकोटा डंगोलले सय मिटर बटरफ्लाइमा १ मिनेट ०७.७४ सेकेन्डका साथ नयाँ कीर्तिमान बनाइन्। जारी प्रतियोगितामा पाँच स्वर्ण जितिसकेकी उनले गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा १ मिनेट ०९.९७ सेकेन्डको कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाइन ।

एस्लीका भाइ आसिस सापकोटाले पनि २ सय मिटर ब्याकस्ट्रोकमा नयाँ कीर्तिमान बनाए। उनले २ मिनेट २९.६० सेकेन्डका साथ शुभम् श्रेष्ठले सन् २०१९ को १३औं सागमा बनाएको कीर्तिमान भंग गरे ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित