पाँचौँ मानेभन्ज्याङ फुटबल कपको उपाधि एडभान्सलाई

पाँचौँ मानेभन्ज्याङ फुटबल कपको उपाधि एडभान्सलाई
www.europenepalikhabar.com २०७९ कार्तिक ७ गते आइतबार, 23-10-2022


खाँदबारी : संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभन्ज्याङमा आयोजित पाँचौँ मानेभन्ज्याङ फुटबल कपको उपाधि एडभान्स क्लबले जितेको छ । 

आइतबार एडभान्स क्लब र लोहोरुङ क्लबबीच भएको फाइनल खेलमा टाइब्रेकरमा एडभान्सले ६ विरुद्ध ७ गोल गर्दै उपाधि हात पारेको हो ।

सो खेलमा एडभान्स र लोहोरुङबीच कडा प्रतिस्पर्धा भएको थियो। सुरुको करिब २० मिनेटका लोहोरुङले १ गोल गरेका थिए भने हाफटाइमपछिको अन्तिम चरणमा एडभान्सले गोल फर्काउँदै बराबर भएका थिए । 

निर्धारित समयभित्र बराबर भएपछि टाइब्रेकरमा एडभान्सले १ गोल बढी गर्दै उपाधि हासिल गरेको हो। प्रतियोगितामा तृतीय स्थानमा मिरमिरे क्लब भए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित