के हो इटहरी चौकमा चार जनाले बोकेको आकृति ?

के हो इटहरी चौकमा चार जनाले बोकेको आकृति ?
www.europenepalikhabar.com २०७९ कार्तिक १६ गते बुधबार, 2-11-2022


युरोपनेपाली खबर । इटहरीको मुख्य चौरस्ता गोलो चोकमा पुग्ने वित्तिकै सबैको ध्यान त्यहाँ बनेको नयाँ आकृतीमा जान्छ । ट्राफिक लाईटमा रोकिएका हर कोही व्यक्तिको आँखा त्यति आकृती मै पुग्छ । आकृती हेरेपछि सबैको मनमा प्रश्न उब्जिन्छ । यी चार जना मानिस को हुन ? यीनीहरुले के बोकेका हुन ? उत्तर सोच्दा सोच्दै रेड सिग्नल ग्रिन हुन्छ मानिस गन्तव्यमा हुईकिन्छन् । प्रश्न बाँकी नै रह्यो ।

सामाजिक सञ्जाल फेसबुकका सेल्फी । टिकटकमा यहि आकृतीको भिडियो भाईरल भईरहेको छ । यहाँ पनि प्रश्न बाँकी नै छ ।तपाईहरु मध्ये धेरैलाई यस्तै तौतुहल भईरहेको होला । सबै तिर चर्चा भईरहेको चौरस्ता गोलो चौकको आकृती के हो ? ती मानिस को हुन ? उनीहरुले बोकेको के हो ? अनि, यसले बुझाउन खोजेको म्यासेज के हो ?

इटहरीको पहिचान : 

मुख्य गोलो चौकमा चार सुरमा उभिएका हिमाल, पहाड र तराईमा बसोबास गर्ने मानिस हुन । हिमालमा बस्ने शेर्पा अथवा समग्र मंगोल जाति । पहाडमा बस्ने आर्यन समुदाय । तराईमा बस्ने आदिवासी र मधेषी समुदाय । अनि इटहरीका प्रथम जाति थारु समुदायको प्रतिनिधि मुलक रुपमा चार जना मानिसलाई विम्बात्मक रुपमा देखाईएको हो ।

यी मानिसहरुले बोकेको आकृती ‘तुरुङ’ हो । जसलाई थारु भाषामा इट हरी भनिन्छ । उहिल्यै यहाँका दरोगा नरसिंह चौधरीले अपराधिलाई सजाय दिन यस्तो ‘तुरुङ’ बनाएका थिए । तल पट्टि इटाले बनाईएको, वीचमा प्वाल राखि माथी काठले बनाईएको ‘तुरुङ’ अर्थात हरी, सजाय दिने उपकरण । जसलाई थारुहरुले आफ्नो भाषामा इट र हरि भन्थे । पछि यहि इट हरी बोलीचालीमा इटहरी भएको हो । हिमाल पहाड र तराईमा बसेका मानिसहरुले इट हरी बोकेका हुन । अर्थात इटहरी बोकेका हुन । समग्रमा यो आकृतीले इटहरीको पहिचान देखाउन र बुझाउन खोजेको हो ।

‘यो आकृतीले इटहरीको नामकरण, पहिचान, भुगोल, बसोबास र पुरातात्विक कुरा दर्शाउन खोजेको छ । यसको मुख्य ‘थिम’ पनि यहि हो । ’ कलाकृतीको कन्सेप्ट तथा डिजाईन तयार गरेका कलाकार अभिषेक तिम्सिनाले बताए । कलाकार अभिषेककै नेतृत्वको ८ जना कलाकारको टिमले यो कलाकृती निर्माण गरिएको हो । फाईबर ग्लासले बनेका यी कलाकृती कम्ती पनि ७० बर्ष टिक्ने अभिषेक बताउँछन् ।

माथीको आकृतीलाई सौन्दर्यकरण गर्न तल गोलो वरिपरी हाँसका गमला बनाईएका छन् । त्यसमा सुन्दर फूलहरुको गार्डेन निर्माण गरिने छ । हाँस तराईमा हुने पक्षी हो । त्यसैले हाँसको गमला बनायौँ, यसबाट पनि केही सन्देश दिन खोजिएको छ, कलाकार अभिषेकले बताए ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित