जर्मनीमा नेपाल संवत् ११४३ र म्ह:पूजा भव्य रुपमा सम्पन्न

जर्मनीमा नेपाल संवत् ११४३ र म्ह:पूजा भव्य रुपमा सम्पन्न
www.europenepalikhabar.com २०७९ कार्तिक १६ गते बुधबार, 2-11-2022


प्रेम पोमु /जर्मनी-

सात समुद्र पारी जर्मनीको हाम्बर्ग महानगर क्षेत्रमा  गत २८ अक्टोबर-२००२२ का दिन नेवा: खल: हाम्बर्ग जर्मनीद्वारा नयाँ वर्ष नेपाल संवत् ११४३ तथा "म्ह:पूजा" र "शुभ-दीपावलीको" उपलक्ष्यमा शुभ-कामना आदानप्रदान साथै नेवा भोज, बिबिध सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।  

समुदायका अध्यक्ष मानवकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमकाे सञ्चालन संस्थाका संरक्षक कुमार नापित र डा. मन्दिर सैंजुले गर्नु भएको थियो । 

नेवा समुदायको गौरवान्दीत आफ्नो मौलिक परमपराको उत्थान भाषा,संस्कृति भेषभुषा, नेवा भोज जस्ता रिती रिवाजको संरक्षण, सम्वर्द्धन साथै दिगो बिकास गर्दै जाने र प्रवासमा जन्मिएका नयाँ पुस्तामा पुस्तान्तरण गर्ने तथा बिदेसी नागरिकहरु माझ नेपाली कलचर सम्बन्धी परिचय गराउदै जाने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको कुरा समाजका अध्यक्ष मानब कुमार श्रेष्ठले बताउनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी WORLD NEWA ORGANIZATION की VICE-PRESIDENT श्रीमती रजनी प्रधान रहनु भएको थियो भने विशेष अतिथी र अतिथीका रुपमा हाम्बर्गस्थित विभिन्न संघसंस्था तथा समुदायको प्रमुख प्रतिनिधिहरु रहेको सो कार्यक्रममा डा. मन्दिर सैंजुले खादा ओडाएर स्वागत गर्नु भएको थियो ।

प्रमुख अतिथि रजनी प्रधानले सम्बोधन गर्ने क्रममा प्रवासमा भएपनि मैलिक सँस्कार, सँस्कृतिप्रतिकाे आकर्षण देख्दा प्रसन्न भएको धारणा राखे । उनले आफ्नो निजी भोगाइ र अनुभवहरू समेत सुनाए ।

लगभग ४०० सयको संख्यामा उपस्थित नेवा तथा गैरनेवाहरुले आपसमा भेटघट शु-कामना आदानप्रदान गरे । 

नेवा समुदाय नेपालीहरुको भेषभुषा, खानापरिकार प्रदशनलाई स्थानिय जर्मनीहरुले धेरै रुचाएका थिए । 

उक्त कार्यक्रममा संरक्षक चीरन श्रेष्ठले लाखे नाच प्रस्तुत गरेर दर्शकहरुलाई आकर्षण गराएका थिए । भने अन्य स्ठानिय कलाकारहरुले भरपुर मनोरन्जन गराएका थिए ।  

आयोजक कमिटी भित्र रहेर स्वयंसेवकको भूमिका साथै खाना ब्यबस्थापनमा सरोज श्रेष्ठ, रोशन श्रेष्ठ, जगन लाल श्रेष्ठ, प्रविन श्रेष्ठ, उर्मिला बडगामी श्रेष्ठ, हरिश श्रेष्ठ, मन्दिरा श्रेष्ठ, बिपिन श्रेष्ठ, दुर्गा देवी प्रधान नापित, शीला कर्माचार्यका साथमा नेवा: खल: हाम्बर्ग परिवारको भूमिका  रहेको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित