संखुवासभा मत सर्वेक्षण : प्रदेशसभा क मा एमालेका गुरुङ मजबुत, गठबन्धनलाई सकस

संखुवासभा मत सर्वेक्षण : प्रदेशसभा क मा एमालेका गुरुङ मजबुत, गठबन्धनलाई सकस
www.europenepalikhabar.com २०७९ कार्तिक ३० गते बुधबार, 16-11-2022


युरोपनेपाली खबर ।

By-राजकुमार थापा :::: ।

संखुवासभा । आगामी मंसीर ४ गते हुने गइरहेको संखुवासभाको संघीय संसद प्रतिनिधिसभाको एक सीट र प्रदेश सभाका दुई सीटका लागि हुने निर्वाचनको मिति नजिकिएसंगै जिल्लामा नेकपा एमाले र गठबन्धनका उम्मेदवारबीच उच्च र तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी लहर र चुनावप्रतिको आकर्षण भने अघिल्लो चुनावमा जस्तो उत्साहजनक नपाइए पनि मतदातामा चुनावी चर्चा, परिचर्चा र चासो भने देखिएको युरोपनेपाली खबर र हाम्रो सर्वे रिपोर्टले देखाएको छ । 

सदारमुकाम खाँदबारी नगरपालिका र अन्य पाँच गाउँपालिका सहित ६ पालिका रहेको संखुवासभा प्रदेशसभा "क" क्षेत्रमा त्यस्तो कसैको पक्षमा धेरै नै चुनावी लहर आएको नदेखिएता पनि अधिवक्ता(वकिल) समेत रहेका नेकपा एमालेका उम्मेदवार भविश्वर गुरुङप्रति तुलनात्मक रूपमा मतदातामा आकर्षण, आशा र भरोसा देखियो । यसपटक गठबन्धनका विरुद्ध एमाले एक्लै जिल्लाको चुनावी मैदानमा उत्रिएको छ । २०७४ को निर्वाचनमा पनि एमाले समर्थित उम्मेदवार पुर्णप्रसाद राईले यस क्षेत्रमा विजयी हासिल गरेका थिए । तर यसपटक उनी उम्मेदवार छैनन् । एमालेका भविश्वर गुरुङसंग भिड्न गठबन्धनले माओवादी केन्द्रका राजेन्द्र कार्कीलाई अघि सारेको छ । अहिले मुख्य प्रतिस्पर्धा गुरुङ र कार्की बीचै हुने देखिएको छ । गत बैशाखको स्थानीय निर्वाचनमा वडा अध्यक्षको मत हेर्दा संखुवासभा प्रदेश सभा "क" मा एमाले केही सय मतले अघि रहेको देखिन्छ ।

प्रदेश नम्बर १ को रणनीतिक महत्त्वको पहाडी/हिमाली जिल्ला संखुवासभाको प्रदेशसभा "क" को लागि सदस्य पदका उम्मेदवारबारे युरोपनेपाली खबर टीमले गरेको चुनावी मत सर्वेक्षणले विभिन्न अनौठा र रोचक तथ्यहरुलाई उजागर गरेको छ । 

संखुवासभा जिल्ला भरिमा जम्मा मतदाता संख्या १,१७,५५४ जना रहेका छन्, जसमा महिला मतदाता संख्या ५६,६९० र पुरुष मतदाता संख्या ६०,८६४ रहेको छ । भने प्रदेश सभा "क" तिरको क्षेत्रमा ५६,६९० मतदाता रहेका छन् । यो आम निर्वाचनका  लागि संखुवासभा जिल्ला भरि १०८ मतदान स्थल र १६२ मतदान केन्द्रको रहेको छ ।

संखुवासभा प्रदेशसभा "क" का लागि विभिन्न दलका  ७ र  १ स्वतन्त्र गरी जम्मा ८ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् ।

पालिकाहरुमा कसको स्थिति के ?

१. खाँदबारी नगरपालिका

संखुवासभाको मुख्य व्यापारिक केन्द्र र ठूलो शहर सदरमुकाम खाँदबारीमा अहिले चुनावी पारो बढेको छ । एमालेविरुद्ध काँग्रेस, माओवादी केन्द्र र नेकपा एस लगायतका दलहरुले चुनावी गठबन्धन गर्ने निर्णय भएसँगै जिल्लामा सम्भावित परिणामबारे आंकलन हुन थालेको छ । खाँदबारी नगरपालिका क्षेत्रमा एमाले एक्यवद्ध भएर चुनावी मैदानमा होमिएको देखिएको छ भने गठबन्धनका नेता कार्यकर्ता भने खासै उत्साहको अवस्था पाइएको देखिएन, बरु उम्मेदवारी चयनदेखि नै असन्तुष्टिहरु छरपस्ट भएका र अझै ती सम्हाली नसकिएको पाइएको छ । गत स्थानीय निर्वाचनमा खाँदबारी नगरपालिकाको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी बनेका थिए । घरदैलो कार्यक्रममा एमाले र गठबन्धन  दुवै शक्तिले आफुहरुको पक्षमा  जनलहर आएकोले दावी गरेपनि यथार्थमा जनलहर नै भन्ने कसैको देखिएन । तर, खाँदबारी नगरपालिकामा क्षेत्रमा बौद्धिक, इमानदार  र सालिन नेताको रूपमा एमालेका गुरुङलाई मन पराएको पाइयो । खाँदबारी नगरपालिका क्षेत्रमा गुरुङले राम्रै मतले प्रतिस्पर्धी कार्कीलाई उच्छिन्ने मतदाता बीचको सर्वेक्षणले देखाउँछ । यहाँ केही मत जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी र मंगोल नेसनल अर्गनाइजेसनले पनि पाउने देखिएको छ । 

नयाँ थपिएका मतदाता र युवाहरुमा पनि गठबन्धनका कार्की भन्दा एमालेका गुरुङतिर नै आशा र झुकाव रहेको पाइयो । खाँदबारी नपामा उच्च प्रतिस्पर्धाका बीच गुरुङले अग्रता लिने देखिन्छ ।

२. सभापोखरी गाउँपालिका 

सभापोखरी गाउँपालिकामासमेत गठबन्धन र  एमालेका उम्मेदवार बीच कडा प्रतिस्पर्धा  हुने देखिएको छ । गत स्थानीय निर्वाचनमा गठबन्धन र एमाले उम्मेदवार बीच यस पालिकामा मुख्य प्रतिस्पर्धा भएको थियो । यो आम निर्वाचनमा यस पालिकाका नयाँ मतदाता भने एमालेमा उम्मेदवार गुरुङप्रति अलि बढी सहानुभूति देखिएको पाइएको छ । 

३. भोटखोला गाउँपालिका  

भोटखोला गाउँपालिकामा स्पष्ट रूपमा एमालेका गुरुङ अगाडि देखिएका छन् । यहाँ गठबन्धनका कार्की निक्कै पछि परेको देखिन्छ । गत स्थानीय निर्वाचनमा यस पालिकामा एमालेले प्रमुख र उपप्रमुख जितेको थियो । गठबन्धन भित्रको तीब्र असन्तुष्टि हेर्दा भोटखोला गाउँपालिकामा एमालेभन्दा गठबन्धन पछाडि पर्ने निश्चित जस्तै देखिएको छ ।  

४. मकालु गाउँपालिका 

मकालु गाउँपालिकामा एमालेका गुरुङले गठबन्धनका कार्कीलाई उच्छिन्ने देखिएको छ । सर्वेक्षणले यस पालिकामा एमालेका गुरुङलाई अप्रत्याशित मत प्राप्त हुने देखिएको छ । यसमा विभिन्न रोचक तथ्यहरु देखिएका छन् । हामी अर्को विवरणमा यी कारणहरु प्रकाशित गर्नेछौं । गत स्थानीय निर्वाचनमा यस पालिकामा काँग्रेसले प्रमुख जितेको थियो । 

५. शिलिचोङ गाउँपालिका

शिलिचोङ गाउँपालिकामा गठबन्धनका कार्की  र एमालेका गुरुङ बीच नै प्रतिस्पर्धा हुने देखिएको छ । तर यहाँ केही मत भने जसपा र  मंगोल नेसनल अर्गनाइजेसनले पनि ल्याउने देखिएको छ । गत स्थानीय निर्वाचनमा यस पालिकामा काँग्रेसले प्रमुख र उपप्रमुख दुवै जितेको थियो । समग्रमा शिलिचोङमा गठबन्धनका कार्की र एमालेका गुरुङबीच झिनो मतको अन्तर पर्ने सर्वेक्षणले देखाएको छ । 

६. चिचिला गाउँपालिका

चिचिला गाउँपालिकामा अहिले पनि गठबन्धन र  एमालेका उम्मेदवार बीच नै प्रतिस्पर्धा देखिएको छ । गत स्थानीय  निर्वाचनमा यस पालिकामा काँग्रेसका उम्मेदवार विजयी भएका थिए । यस पालिकामा पनि बराबरी, हाराहारी मत आउने आंकलनका बीच गठबन्धनका कार्की र एमालेका गुरुङको ५०/५० अवस्था देखिएको छ । 

संखुवासभा जिल्लाभरका पालिकामा ७६ वडाहरुमा रहेका छन् । गत स्थानीय निर्वाचनमा एमालेले सबै वडामा आफ्ना उम्मेदवार खडा गरेको थियो भने गठबन्धनमा ६० वटा वडा मात्र भागवण्डा भएको थियो । जसमा काँग्रेसलाई ४६ वडा, माओवादी ६ वडा र एकिकृत समाजवादीलाई ५ र ३ वटा वडा जनता समाजवादी पार्टीको भागमा परेको थियो  ।

निष्कर्ष : समग्रमा निर्वाचन हुन ४ दिनमात्र  बाँकी रहँदा  मत सर्वेक्षणले संखुवासभाको प्रदेशसभा "क" मा एमालेका भविश्वर गुरुङलाई बलियो देखाएको छ । गुरुङ एमालेबाट सर्वसम्मत उम्मेदवार छानिएकाले पनि उनको स्थिति बलियो देखिएको हो । चुनाव सुरु हुने अन्तिम ७२ घण्टामा कुनै नाटकीय परिवर्तन वा खेल भएन भने लगभग १ हजार देखि १२ सय मतको अन्तरले एमालेका भविश्वर गुरुङले प्रदेशसभाको सीट आफ्नो पक्षमा सुरक्षित गर्दै विजयी हुनेछन् ।  


नोट : चुनावी सर्वेक्षणको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार १-३ प्रतिशत सर्वेक्षणको डाटामा इरर वा घटबढ हुनुलाई उचित नै मानिन्छ, अर्थात अनुचित हुँदैन ।

(चुनावी विश्लेषक राजकुमार थापा, खाँदबारी नगरपालिका वडा नम्बर १०, चन्दनपुरका स्थायी बासिन्दा हुन्

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित